This is a test

मतपेटिका सुरक्षामा कडाई

0

लोकेश साउद, बैतडी मंसिर १४ गते ।

बैतडीको दशरथचन्द नगरपालिकाको भवनमा राखिएका मतपेटिका असुरक्षित रहेको समाचार प्रशारणपछि सुरक्षा निकायको ध्यान केन्द्रित भएको छ । मतपेटिका राखिएको पश्चिमतर्फको कोठाको झ्यालमा सिसा मात्रै रहेको र सिसा खोलेर सजिलै मतपेटिका निकाल्न सकिने तथा पूर्व पट्टी मूल गेटसँगै रहेको कोठाको मतपेटिका बाहिरबाट प्रष्टै देखिने भएपछि सुरक्षा निकायले त्यसको बन्दोबस्त मिलाएको हो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रशाद गौतमले पश्चिमतर्फको झ्यालमा ग्रिल र पूर्वपट्टीको झ्यालभित्रको मतपेटिका नदेखिने व्यवस्था मिलाएको छ ।

त्यस्तै नगरपालिकाको नियमित कामहरु संचालनमा रहेको अवस्थामा मतपेटिका राखिएको कोठा बाहिर लगाएको टाँचा सेवाग्राहीको भिडमा फुित्कनसक्ने अवस्था रहेको थियो । त्यहाँ सुरक्षा दिइरहेका शसस्त्र प्रशरी र नेपाल प्रहरी पनि उक्त बिषयलाई लिएर चिन्तित भएको अवस्थामा सेवाग्राहीका लागि नयाँ बाटो बनाइएको छ । भुई तलभन्दा माथिल्लो तलाका मुख्य ढोकासँगै छ वटा कोठामा राखिएका मतपेटिका छिचोल्दै सेवाग्राहीहरुले हिड्नुपर्ने अवस्थामा बाटो परिवर्तन गरि तेस्रो तलाबाट सिधै मेयर तथा उप मेयरको कोठामा जाने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved