This is a test

मतदान कसरी गर्ने भन्नेमा अलमलमा हुनुहुन्छ ? यि यस्तो छ भोट गर्ने तरीका

0

नवराज पनेरु, धनगढी मंसिर १९ गते । 

दलहरुको अन्तिम प्रचार भइरहेका बेला, धेरै मतदाता मत हाल्ने गरिका बारे अनभिज्ञ छन । नगर क्षेत्रकै मतदातामा मत हाल्ने तरिकामा अलमल भईरहेका बेला झन गाउँतिरको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । स्थानीय तहको निर्वाचनको झण्डै चार महिनापछि प्रदेश र प्रतिनीधी सभा निर्वाचन भईरहेकाले धेरैले यसपालीको निर्वाचनमा पनि सोही तरीकाले भोट हाल्ने होला भनेर सोचेका छन् । तर अहिले भईरहेको प्रदेश र प्रतिनीधी सभाको निर्वाचनामा तीन मतपत्र हुन्छन भने ती तीनवटै मतपत्रमा चारवटा भोट दिन पाईने छ । २१ गतेको निर्वाचनमा तिन वटा मतपत्र प्रयोग हुने छन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एउटा, प्रदेशको प्रत्यक्षतर्फ अर्को र समानुपातिक निर्वाचन प्रणालीका लागि एउटा गरी तीन मतप को व्यवस्था गरेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी मोहन अर्यालले बताउनुभयो । मत खसाल्ने बेलामा मतदाताले सबैभन्दा पहिले हरियो रंगको मतपत्र पाउनेछन् । हरियो मतपत्र पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य चयनका लागि हो । मतपत्रमा भएका मध्ये आफुलाई मन पर्ने कुनै एउटा निर्वाचन चिन्हमा मात्र मतदाताले स्वस्तिक चिन्ह लगाउनु पर्नेछ । पहिलो मतपत्रमा मतदान गरीसकेपछि निर्वाचन अधिकृतले दोस्रो मतपत्र कालो रंगको दिनेछन् ।

यो मतपत्र बहुमतीय प्रणालीबाट प्रदेश सभा सदस्य चयन गर्नका लागि हुनेछ । यो मतपत्रमा भएका मध्ये एउटा निर्वाचन चिन्हमा मात्र मतदाताले स्वस्तिक चिन्ह लगाउनु पर्नेछ । अन्तिममा मतदाताहरुले रातो रंगको मतपत्र पाउनेछन् । यो मतपत्र प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक प्रणालीबाट निर्वाचित हुनेहरुका लागि हुनेछ । यसमा राजनीतिक दलका विभीन्न चुनाव चिन्ह मध्ये प्रतिनिधि सभामा एउटा र प्रदेश सभाका लागि आफुलाई मन परेको एउटामा स्वस्तिक चिन्ह लगाउनु पर्नेछ । माथिल्लो पट्टिको मत प्रतिनिधिसभाको समानुपातिक तर्फ गणना हुनेछ भने तल्लोतफर्एको मत प्रदेश सभामा समानुपातिक तर्फ गणना हुनेछ ।

आयोगले तीन मतपत्र दिन छुट्टा छुट्टै कर्मचारीको व्यवस्था गर्ने जनाएको छ । मतदान गर्दा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नुपर्छ र स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ । मसी लतपतिएमा मत बदर हुन्छ भने स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा नछुने गरी स्वस्तीक छाप लगाउनुपर्छ । कोठा बाहिर छाप लगाएमा, दुई कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ ।

कहिलेकाहीँ मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ । त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिन क्षेत्रीय निर्वाचन अधिकारी अर्यालले अग्रह गर्नुभयो । संघिय संरचना अनुसार पहिलो पटक भईरहेको आम निर्वाचन मार्फत देशको भविष्यलाई कता लैजाने भन्ने निर्णय गर्ने पालो आम मतदाताको हातमा आएको छ । त्यसैले सहि व्यक्ति र पार्टीलाई मतदान गर्न मतदाताले जत्ति विवेक पुगाउन पर्ने देखीएको छ त्यसरी नै मत सदर गराउनका लागी पनि विवेक प्रयोग गर्न आवश्यक छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved