This is a test

ज्येष्ठ मतदाता भन्छन व्यवस्था फेरियो समस्या कहिल्यै समाधान भएन

0

नवराज पनेरु, धनगढी मंसिर १४ गते ।

२०१५ सालको आम निर्वाचनमा डडेल्धुराको भद्रपुर मतदान केन्द्रबाट भोट हाल्नुभएका धनगढी उप–महानगरपालीका वडा नम्वर २ का धर्मदेव पाण्डेयलाई टिनको बाकसमा बनाईएको मतपेटीका अझै सम्झना छ ।

तर अहिले टीकका बाकस फेरिए, देशको अवस्था उस्ताको उस्तै रहेको उहाँको गुनासो छ । फुलेका कपाल, लौरो टेकेर पारिलो घाम तापीरहेको अवस्थामा आफ्नै घर नजिक धनगढीको उत्तरवेहडीमा भेटीनुभएका मान वहादुर खड्का २०१५ सालमा मालपोतको कर्मचारी भएकाले आम चुनावमा खटीनुभएको थियो ।

अहिलेका नेताहरु आचारणहिन र आश्वासन बाड्ने मात्रै भएकाले उहिलेकै नेताहरुमा केहि नैतीकता रहेको अनुभव उहाँको छ । दुई पटक राणाकाल र पञ्चायतकाल अनि दुई तन्त्र प्रजातन्त्र र गणतन्त्र हेरीसक्नुभएका खड्कालाई अहिलेको चुनावमा नेताहरुले पुरा गर्न नसक्ने आश्वासन बाड्दा भने निकै खिन्न लागेर आउने गरेको छ ।

धनगढीकै महेन्द्र प्रशाद अवस्थीले पनि २०१५ सालमा भएको आम निर्वाचन आफ्नै आँखाले देख्नुभयो । त्यतीबेला १४ बर्ष मात्रै पुगेकाले भोट खसाल्ने अवसर नपाएका अवस्थी त्यसपछि प्रधानपञ्च समेत हुनुभयो । देशले फड्को मार्लाकी भन्ने आशमा धेरै पटक मतदान गरेका उहाँको मनमा अहिले खिन्नता बाहेक केही छैन ।

उहाँलाई पनि अहिलेका नेताहरु भने चुनावमा आश्वासन बाड्ने र जितेपछि फर्केर नहेर्ने परिपाटी चित्त बुझेको छैन् । नेपालमा पहिलो पटक २००४ सालमा चुनाव भएको इतिहास छ । तर राणा शासन अन्त्यपछि २०१५ सालमा भएको आम चुनावलाई पहिलो मानिन्छ । त्यसपछि जनमत संग्रह, प्रतिनिधिसभा, संविधान सभा, स्थानीय चुनाव लगायतका धेरै चुनाव भैसकेका छन् ।

६ दशकदेखी सुदुरपश्चिमका जनताको माग र नेताहरुको आश्वासन फेरीन नसकेको २०१५ सालमा पनि मतदान गरेका मतदाताले गुनासो गरेका हुन् । २०१५ सालको आम निर्वाचनमा भोट हालेका जेष्ठ मतदाताहरुले नेताहरुले आश्वासन पुरा नगर्दा देश विकास हुन नसकेको बताएका छन ।

विकास र समृद्धीको सपना बुन्दै दर्जन बढि पटक चुनावमा भोट खसाले पनि देश र जनताको अवस्था भने ज्युका त्यु रहेको अनुभव उनिहरुसंग छ । स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा चुनावले यो वर्ष चुनावी वर्ष भएको छ । एकै वर्ष तीन चुनावमा सहभागी हुँदै गर्दा उ बेलाको चुनाव र अहिलेको चुनावमा पाकापुस्ताको आफ्नै खाले अनुभव छ । २०४८ सालपछि भएका निर्वाचनमा नेताहरू भोट माग्दै आएर विकास र समृद्धिका कुरा गर्दा अब त केही हुन्छ कि भन्ने पाका मतदाताहरुमा पनि आशा पलाएको थियो । तर बचन अनुसारको काम नभएपछि जिवनको उत्तरार्धमा रहेका पाका मतदाताहरुलाई पनि मताधिकारको प्रयोग व्यर्थै भएछ भन्ने लाग्ने गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved