मंसिर २७ गतेदेखी धनगढीमा अन्तराष्ट्रीय कराते प्रतियोगीता हुने

0

नवराज पनेरु, धनगढी ३ भदौ। 

मंसिर २७ गतेदेखी धनगढीमा आठौँ अन्तराष्ट्रीय कराते प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल गोजुरीयो कराते दो संघको आयोजनामा प्रत्येक २ बर्षमा हुदै आएको अन्तराष्ट्रीय कराते प्रतियोगीताको आठौ सस्करण मंसिर २७ गतेदेखीहुने भएको हो । प्रतियोगीता आयोजक मुल समितीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बारे जानकारी दिएको हो ।

३ दिन सम्म सञ्चालन हुने प्रतियोगीतामा नेपाल, भारत, श्रीलंका, भुटान लगायत ७ देशका ८ सय बढि खेलाडीहरुले सहभागीता जनाउने प्रतियोगीता आयोजक मुल समितीका संयोजक प्रकाश चन्दले बताउनुभयो । प्रतियोगीतामा ४३ स्वर्ण, ४३ रजत र ८६ काश्य पदक गरी १ सय ७२ पदकका लागी प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । प्रतियोगीतामा पहिलो हुने टिमलाई ५१ हजार, दोश्रोलाई ३१ हजार र तेश्रोलाई २१ हजार नगद पुरुष्कारको पनि व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

प्रतियोगीता आयोजनाका लागी २३ लाख ८५ हजार खर्च हुने अनुमान गरीएको छ । यस्तै प्रतियोगीता आयोजनाका लागी विभीन्न समिती र उप समिती पनि गठन गरी एको छ । मुल आयोजक समितीको संयोजकमा चन्द हुनुहुन्छ भने उप संयोजकमा विरेन्द्र रावल, सचिवमा कुवेर खड्का र कोषाध्यक्ष वहादुर सिह ओड रहनुभएको छ । यस्तै आर्थीक उप समिती संयोजकमा वहादुर सिह वड, प्रचार प्रशार उप समिती हरी जोशी, आवास व्यवस्थापन उप समिती सुमन केसी, खाद्यान्य व्यवस्थापन उप समिती नरवहादुर शाही, यातायात व्यवस्थापन उप समिती बम वहादुर वोगटी, मञ्च व्यवस्थापन उप समिती टेकराज पन्तको संयोजकत्वमा गठन गरीएको छ ।

यस्तै ¥याली व्यवस्थापन उप समितीमा किसोर शाह, प्राथमीक उपचार उप समिती विश्वास शाह, स्वयम सेवक व्यवस्थापन उप समिती सत्यराज स्नेही, पुरुष्कार पिवतरण तथा वयवस्थापन उप समिती कृष्ण तिरुवा, सास्कृतीक उप समिती विनोद मल्ल, अतिथी सत्कार उप समिती कुवेर खड्का र प्रावीधीक उप समिती डिल्लीराज भट्टको नेतृत्वमा गठन गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved