This is a test

मंसिरमै फल्यो काफल

0

शिवराज खत्री, अछाम मंसिर २६ गते ।

सामान्यतया चैत बैशाखमा पाक्ने काफल अछाममा भने मंसिरमै फलेको छ । अछामको मेल्लेख गाउँपालिकामा मंसिरमै काफल लटरम्म फलेपछि स्थानिय वासिन्दा अचम्मीत भएका छन । काफलको रुखमा मंसिरमै लटरम्म दाना फलेको देख्दा आवत जावत गर्नेहरु अचम्ममा पर्ने गरेका छन । स्थानीय रुद्र खत्रीले मंसिरमै दाना लागेको खाफल पुसमै पाक्ने भयो भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।

प्रायजसो माघ फागुन तिर दाना लागेर चैत्र बैशाख तिर पाक्ने काफल अहिले भने मंसिरमै लटरम्म फलेको छ । स्थानीयहरुलाई यति छिटै काफल के कारणले फल्यो भन्ने बारेमा जानकारी नभए पनि ढिलो फल्ने फल चाँडो फलेको तथा बेसितिर फल्ने फल पनि लेकतिर फल्न थालेको महसुस गरेका छन् ।

जिल्ला बन अधिकृत शुरेन्द्र श्रेष्ठले जलवायु परिवर्तनको प्रभावले काफल छिटो फलेको बताउनुभयो । जलवायु परिवर्तनले गर्दा तापक्रममा बृद्धि हुँदै गएपछि गर्मिमायाममा फल्ने फल जाडोयाममै फल्न थालेको र बेसितिर फल्ने फलहरु लेकतिर पनि फल्न थालेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved