This is a test

मंगलसेन नगरपालिकाद्धारा मदिरा बिक्रि बितरणमा कडाई

0

शिबराज खत्री, अछाम माघ २८ गते ।

अछामको मंगलसेन नगरपालिकाले मदिरा बिक्रि बितरण तथा सेवनमा कडाई गरेको छ । शुक्रबार सम्पन्न नगर कार्यपालिकाको १८ औं बैठकले नगर क्षेत्रभीत्र मदिरा सेवन तथा बिक्रि बितरणको समय निर्धारण गरेको छ । बैठकले नगर क्षेत्रभीत्र बिहान सुर्योदय देखी बेलुका ६ बजेसम्म र राती ९ बजे देखी बिहान सुर्योदय सम्म मदिरा बिक्रि बितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । बैठकले सार्वजनिक स्थलको दुई सय मिटर क्षेत्रभीत्र मदिराको कारोबार भईरहेको भए त्यसलाई तत्काल ब्यावस्थापन गर्न अनुरोध गरेको छ ।

कार्यपालिकाको निर्णयको अवज्ञा गर्नेलाई मदिरा ऐन अनुसार कडा कारबाही गर्ने र नगरले निर्धारण गरेको समयसिमा भन्दा अघि पछि मदिरा सेवन तथा बिक्रि भएमा पनी कडा कारबाही गर्ने निर्णय भएको जनाईएको छ । यस्तै बैठकले बालबालिका जन्मेको ३५ दिनभीत्रै जन्मदर्ता गराउनेलाई प्रोत्साहन स्वरुप पाँच सय उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved