This is a test

मंगलबार पुर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउदै

0

धनगढी, पुस १७ गते ।

मंगलबार पुर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउनेहुने भएको छ । उहाँको नीजि सचिवालयले पुर्वराजाले धनगढीको उत्तरबेहडीको शिवपुरी धाममा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको सपरिवार दर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

नेपालगञ्जमा निर्माण भईरहेको सोल्टी होटल प्रालीको उद्घाटनका लागि पुर्वराजा एक हप्तादेखि सपरिवार नेपालगञ्जमा हुनुहुन्छ । सोल्टी होटलमा पुर्वराजाको लगानी रहेको बताईन्छ । मंगलबार पुर्वराजाको स्वागतका लागि धनगढीमा राजावादीहरुले कैंया चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मुल स्वागत समिति गठन गरेका छन ।

पुर्वराजासँगै पुर्व रानी कोमल, बुहारी हिमानी र नातीनि प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको मुल स्वागत समितिले जनाएको छ । तर पुर्वराजाका स्वकीय सचिव शागर तिमिल्सेनाले भने सुदूरपश्चिम भ्रमणको तालिका भने अझै बनी नसकेको जानकारी दिनुभयो ।

उहाँले, पहिला आफु आउने र त्यसपछि मात्रै कार्यक्रम तालिका बनाईने बताउनुभयो । पुर्वराजाको सुरक्षा दस्ता र सचिवालयका प्रतिनिधि सोमवार धनगढी आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ । दुईवर्ष अघि पनि पुर्वराजा एक हप्तासम्म धनगढीको रुवस होटलमा सपरिवार बस्नु भएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved