This is a test

भोली हुने पहिलो प्रदेश सभा बैठकको लागि कार्यसूची तय

0

नवराज पनेरु, धनगढी माघ २० गते ।

प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभा बैठकको तयारीको लागि शुक्रबार बसेको सर्वदलीय कार्य सूची तय गरेको छ । प्रदेश प्रमुखको सचिवालयमा बसेको सर्वदलीय बैठकले प्रदेश प्रमुखले बैठकको आह्वान गरेको पत्र, अन्तरिक कार्यविधी पारित गर्ने, प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट प्रतिनिधित्व गर्ने एक–एक जना सांसद बोल्ने र सभामुखको चुनावका लागी मिती तोक्ने गरी एजेण्डा तय गरिएको प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ७ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपाको प्रतिनिधित्व रहेको छ । प्रदेश नम्बर ७ मा ५३ जना सांसद रहेका छन् । प्रदेशसभाको पहिलो बैठक संसदीय मूल्य मान्यता अनुसार सञ्चालन गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भएको संसद सचिवालय काठमाडौबाट प्रदेश ७ को संसद व्यवसथपनका लागि आउनुभएका सहसचिव मुरारी महतले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved