भेट्रान कप २०७४ तयारी पुरा

0

धनगढी, ०४ जेठ ।

कैलालीको अत्तरियामा जेठ ५ गते देखि हुने पिएफए भेट्रान कप २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । प्ले फर अत्तरिया स्पोर्टस क्लव अत्तरियाले बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगिता जेठ ५ देखि १५ गतेसम्म चल्नेछ । प्रतियोगितामा धनगढी, महेन्द्रनगर, गुलरिया, टीकापुर, लालबोझी, र डडेल्धुरा लगायतका ठाउँहरुबाट ११ वटा टिमले सहभागिता जानाउने क्लबका अध्यक्ष सन्तोष भट्टले जानकारी दिनुभयो ।

यो प्रतियोगिता रबरको बलले खेलिने नेपालकै ठूलो प्रतियोगिता हुने आयोजकले दाबी गरेको छ । प्रतियोगिताका बिजेताले १ लाख ५१ हजार १ सय ११, उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । प्रतियोगितामा २९ वर्षभन्दा माथि उमेर समूहका खेलाडीले मात्र सहभागी हुन पाउने छ ।

Share.

Leave A Reply