भेट्रान कप क्रिकेट प्रतियोगिता हुने

0

अत्तरिया, २९ बैशाख ।

देशकै सर्वाधिक धनरासीको महिला क्रिकेट प्रतियोगिता सकिए लगत्तै अत्तरियामा जेठ ५ गते देखि एक लाख पुरुस्कार रासीको भेट्रान कप क्रिकेट हुने भएको छ ।

नेपालकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको केही दिनमै फेरी अतरियामा पिएफए भेट्रान कप हुने भएको हो । प्ले फर स्पोर्टस क्लब अत्तरियाको आयोजना मा जेठ ५ गते देखी १५ गते सम्म भेट्रान कप हुने भएको हो ।

धनगढी, महेन्द्रनगर, गुलरिया, टिकापुर, लालबोझी, डडेल्धुरा लगाएतका ठाउँहरुका १६ वटा टिमको प्रतियोगितामा सहभागीता रहने क्लबका अध्यक्ष सन्तोष भट्टले जानकारी दिनुभयो । स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित आयोजना गरिने प्रतियोगिता रबरको बलले खेलिने नेपालकै ठुलो प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ ।

प्रतियोगिताका बिजेताले एक लाख एक्काउन हजार एक सय एघार, उपबिजेताले पचहत्तर हजार पाँच सय पचपन्न, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र म्यान अफ द सिरिजले नगद दश÷दश हजार प्राप्त गर्नेछन ।

टी २० फर्मेटमा खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका खेल संयोजक प्रेम अबस्थीले जानकारी दिनुभयो । २९ बर्ष भन्दा माथिका उमेर समुहका खेलाडीले मात्र प्रतियोगितामा सहभागीता जनाउने छन । प्रतियोगिता अत्तरिया पूर्वरोडमा रहेको शशस्त्र प्रहरी खेल मैदानमै हुनेछ ।

Share.

Leave A Reply