This is a test

भुकम्पको उच्च जोखिममा रहेको साल्ट ट्रेडीङका सटरहरुको टेण्डर आह्वान

0

नवराज पनेरु, धनगढी माघ २६ गते ।

साल्ट्र टे«डिङ कर्पाेरेशन लिमिटेड धनगढीको भुकम्पको उच्चा जोखिममा रहेको सपिङ कम्पलेक्सको टेन्डर आह्वान गरिएको छ । ढाई बर्ष अघि शहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीले मुख्य बजारमा रहेको साल्ट्र टे«डिङ कर्पाेरेशन लिमिटेडको भवन भुकम्पको उच्च जोखिममा रहेको बताएको थियो । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीले साल्ट ट्रेडीङ कर्पोरेसन लिमीटेड धनगढीका संरचनाको परिक्षण गरेपछि उक्त भवन उच्च जोखिमा रहेको भेटिएको हो ।

साल्ट्र टे«डिङ कर्पाेरेशन लिमिटेडले जोखीममा रहेको भवनकै सटरहरु भाडामा लगाउन टेण्डर आह्वान गरेपछि त्यसको विरोध हुन थालेको छ । संरचनाको सामान्य निरीक्षण गर्दा नै भवन चर्कीएको र शक्तिशाली भुकम्प थेग्न नसक्ने देखीएपछि सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीले तत्काल संरचनाको विस्तृत संरचना परिक्षण गर्न आग्रह गरेको थियो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीका तत्कालीन प्रमुख जगदिस लामीछानेले भवन शक्तिशाली भुकम्प थेग्न नसक्ने देखीएपछि तत्काल संरचनाको विस्तृत संरचना परिक्षण गर्न आग्रह गरिएको बताउनुभयो । तर ढाई बर्ष वितीसक्दा समेत उक्त परिक्षण गरीएको छैन् । विस्तृत संरचना परिक्षण गराउन पर्ने भन्दै साल्ट ट्रेडीङले केन्द्रिय कार्यालयलाई जानकारी गराएको तर त्यहाँबाट कुनै प्रतिक्रीया नआएको साल्ट ट्रेडीङ धनगढीका सुचना अधिकारी टेक वहादुर खड्काले बताउनुभयो ।

साल्ट ट्रेडीङले सहरी विकासको सामान्य निरीक्षणबाट जोखीममा रहेको रिर्पोट पाएपछि साल्ट ट्रेडीङको सपिङ सम्प्लेक्समा व्यवसाय गरीरहेका सबै व्यवसायीहरुलाई २०७२ साल साउन ११ गते नै आफै पत्र काटेर उक्त भवन जोखीममा रहेको र भवनका कारण कुनै क्षती भए स्वयम व्यसायी नै जिम्मेवार हुनहोला भनेर सुझाएको थियो तर अहिले आएर त्यही भवनको न्युनतम मुख्य ३५ हजार राखेर टेन्डर गरिएको छ ।

भुकम्पीय दृष्टीले जोखीमपुर्ण मात्रै नभई साल्ट ट्रेडीङको भवन एसीयाली विकास बैंकको ऋण लगानीमा लागु हुन लागेको क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माण गरीने मुख्य सडकका लागी पनि भत्काउन पर्ने देखीएको छ । सडकको सर्भेको काम सकिने वित्तकै त्यो भवन भत्काउन पर्ने भएकाले पनि ब्यवसायीहरुले अहिले नै टेन्डर गर्नु उचित नभएको बताएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved