This is a test

भीमदत्त नगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पायो

0

विपी अनमोल, महेन्द्रनगर २ साउन ।

भीमदत्त नगरपालिकाको नगर कार्यपालिकाले आजदेखी पूर्णता पाएको छ । नगर कार्यपालिकाको आज भएको निर्वाचनबाट कार्यपालिकामा सहभागी हुने ८ जना सदस्यहरु निर्वाचित भएर आएपछि नगर कार्यपालिकाले आजदेखी पूर्णता पाएको हो । आज भएको नगरकार्यपालिकाको निर्वाचनमा ८ वटै सदस्यहरु नेकपा एमालेका विजयी हासिल गरेका छन् ।

अब नगरकार्यपालिकाको २९ सदस्यीय बनेको छ । यसअघि २१ सदस्यीय मात्रै रहेको थियो । स्थानीय तह अन्र्तगतको कार्यपालिकाको गठन गर्दा थप ८ जना सदस्य रहने व्यवस्था अनुसार ८ जना आज निर्वाचनबाट निर्वाचित भएर आएका हुन् ।

५ जना महिलाहरु स्थानीय तह निर्वाचनमा निर्वाचित भएका र अन्य ३ जना बाहिरबाट मतदान प्रक्रियामा सहभागी भएर चुनिने प्रावधान अन्र्तगत ८ जना आज निर्वाचित भएका हुन् । ३ जना दलित वा अल्पसंख्यक समुदायबाट छनोट गर्नुपर्ने प्रावधान अनुसार नेकपा एमालेबाट नगर कार्यपालिकाको सदस्यमा प्रताप तिरुवा, मदनसिंह सेरालो र सर्जन सुनार निर्वाचित भएका छन् ।

५ जना महिलाबाट वडा नम्बर १८ वाट निर्वाचित वडा सदस्य कमला देवकोटा, ११ वाट निर्वाचित महिला सदस्य गीता ओली, १२ वटा निर्वाचित दोप्रेत जोशी, १४ वाट निर्वाचित बसन्ती राना र ६ नम्बर वडाबाट निर्वाचित सरस्वती देवी रावल निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित ८ जना नगरकार्यपालिकाका सदस्य हुन् ।

उनीहरु आठैं जनाको पदिय हैसियत वडा अध्यक्ष सरहको हुनेछ । यी सहित गरेर अब २९ सदस्यीय नगर कार्यपालिका बनेको छ । नगरपरिषदको संख्या भने एकसय जनाको पुगेको छ । नेकपा एमाले तथा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त रुपमा नगरकार्यपालिकाको निर्वाचनमा सहभागी भएका थिए ।

निर्वाचित ९७ जना जनप्रतिनिधीमा एमालेका ५४ जना र नेपाली काँग्रेस र नेकपा माओवादीको गरी ४३ जना रहेका थिए । आजको नगरकार्यपालिकाको निर्वाचनमा संयुक्त गठबन्धनका ३ मत भने बदर भएका थिए । नगरकार्यपालिकाको मतदानमा पहिलो मत उपमेयर शुसिला चन्द सिंह र अन्तिम मत मेयर सुरेन्द्र विष्टले हाल्नुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved