This is a test

धनगढी विमानस्थलमा भीओआर/डिएमई जडानको अध्ययनका लागि प्राधिकरण र जाईकाको टोली धनगढीमा

0

शिबराज भट्ट, धनगढी माघ २५ गते ।

धनगढी विमानस्थलमा जापान सहयोग नियोग (जाईका) ले जडान गर्न लागेको भीओआर÷डिएमई उपकरण अबको नोभेम्बर २०१८ भीत्रै जडान गरिसक्ने तयारी थालिएको छ । कम भिजिविलिटीमा पनि उडान गर्न सहयोग गर्ने यन्त्र भीओआर÷डिएमई जडानका लागि नागरिक उड्डयन प्राधिकरणका उप–निर्देशक संजीव सिह कडायतको नेतृत्वमा जाईकाबाट उपकररण जडानको अनुमति पाएका एन ई सी कार्पोरेशनका तीन जना ईन्जिनियरको टोली बुधवार धनगढी आएको छ ।

नागरिक उड्डयन प्राधिकरणले अबको ८ महिनाभीत्रै धनगढी विमानस्थलमा भीओआर÷डिएमई जडानका लागि तयारी थालेको उप– निर्देशक कठायतले जानकारी दिनुभयो । जापान सरकारले नेपालका चार वटा विमानस्थलमा अनुदानमा जडान गरिदिने भनेको भीओआर÷डिएमई धनगढी पनि अनुदानमै जडान हुन लागेको हो ।

त्यो उपकरण जडानका लागि जाईकाले जापानकै एन ई सी कार्पोरेशन नामक कम्पनीलाई ठेक्का दिई सकेको छ । अहिले सम्म पनि भीओआर÷डिएमई जडानका लागि जग्गाको टुंगो लागि नसकेकाले प्राधिकरणलाई उपकरण जडानमा समस्या भईरहेको कठायतले बताउनुभयो ।

भीओआर नामक उपकरणले पाईलटलाई विमानस्थलको डिजिटल दिशा बताउने र डिएमई नामक उपकरणले विमानस्थलसम्मको दुरी निर्देश गर्ने भएकाले, हिउदमा लाग्ने सामान्य हुस्सुमा जहाज अवतरण र उडान गर्न सकिनेछ । यी दुबै उपकरण नभएका कारण हरेक हिउँदमा सामान्य तुवालोमा पनि उडानहरु अवरुद्ध हुँदा यस क्षेत्रका यात्रुहरु समस्या झेल्दै आएका छन ।

उप–निर्देशक कठायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछि देशकै अर्को लामो धावनमार्ग रहेको र अहिले पनि यसको वरिपरि घरहरु बनी नसकेकाले यसको स्तरोन्नतीका लागि धेरै सम्भाना रहेको बताउनु भयो । उहाँले प्राधिकरणले यस विमानस्थलमा धेरै सम्भावना देखेकाले यसको स्तरोन्नीलाई प्रार्थमिकतामा राखेको पनि बताउनुभयो ।

भीओआर÷डिएमई जडानका त्यहाँ सम्म विद्युत आपुर्ती हुनुपर्ने, उपकरण भएको स्थानसम्म विमानस्थलभीत्रै बाट सडक हुनुपर्ने र सुरक्षाको पनि प्रबन्ध गर्नुपर्ने भएकाले उपकरण बाहेकका यी सबै ब्यवस्थापनका लागि प्राधिकरणले लगानी गर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved