This is a test

भालुको पित्त र जडिबुटी सहित १ जना पक्राउ

0

धनगढी, माघ १३ गते ।

प्रहरीले धनगढी बाट भालुको पित्त र जडिबुटी सहित १ जना लाई पक्राउ गरेको छ । ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायल मातहतमा कार्यरत क्षेत्रीय अनुसन्धान समुह र जेड.आईटी सेतीबाट खटिएको संयुक्त टोलीले आज (आईतवार) जुम्लाको सुनिगाउँ ८ वर्ष ६५ का सुनम धिताल लाई धनगढी उपमहानगरपालीका वडा नम्बर २ बाट पक्राउ गरेको हो । निज बाट ७० ग्राम भालुको पित्त, रक्तचन्दन, पदमचाल, कुटुकी, सतुवा, हिङ, निलबिसी र शिलाजित लगायतका जडिबुटी बरामद गरेको छ । निजले उक्त अबैध जडिबुटीहरु कुन ठाउँबाट आयात गरेको हो भन्ने बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved