भारतिय केरा भित्राएर नेपाली किसानलाई डुबाउने खेल भईरहेको किसानहरु अरोप

0

                                                  फाईल फोटो

दीपक जोशी, धनगढी ४ भदौ  ।

भारतबाट क्वारेन्टाईन चेकजाँच विना आयात भईरहेको केराका कारण आफुहरु मर्कामा परेको भन्दै पटक पटक आन्दोलनमा उत्रेका नेपाली केरा किसानहरुले फेरि पनि भारतबाट केरा आयात नरोकिएको भन्दै विरोध जनाएका छन ।

नेपाली बजारमा भारतीय केराले कब्जा जमाएपछि, नेपाली केराले बजार पाउन नसकेपछि आफूहरु मर्कामा परेको भन्दै उनिहरुले क्वारेन्टाईन चेकजाँच विना आयात भईरहेका केरामा रोक लगाउन माग समेत गरेका छन । शनिवार कैलालीको लालपुरमा केरा खेतीको संभावना र चुनौती बिषयक कार्यक्रमको आयोजना गर्दै कैलाली कञ्चनपुरका केरा किसानहरु भेला भएर सरकारले नेपाली किसानहरुलाई प्रोत्साहन गर्न नसकेको आरोप पनि लगाएका छन ।

त्रिनगर भन्सार नाका र गड्डाचौकी नाकाबाट क्वारेन्टाईन परीक्षण नगरिकनै भारतीय केराहरु निर्वाध रुपमा आयात हुने गरेको नेपाली केरा किसानहरुको आरोप छ । क्वारेन्टाईन परीक्षण गरेर मात्र आयात गर्न पाउने प्रावधान रहेकोमा, भारतिय व्यापारीले निर्वाध रुपमा केरा आयात गरेर धनगढी अत्तरिया महेन्द्रनगर लगायतका शहरमा बिक्री गरिरहेका नेपाली किसानको भनाई छ । परीक्षण गरेर आउने केरामा आपत्ति नभए पनि परीक्षण विनै भईरहेको केराको आयात रोकिनुपर्ने माग कैलाली–कञ्चनपुरका केरा किसानको छ ।

भारतीय केराका कारण विस्थापित हुनुपर्ने अवस्था आएपछि केरा खेतीमा भईरहेको किसानको करोडौं लगानी समेत जोखिममा परेको एक जना किसान हिरा चौधरीले बताउनुभयो । भारतबाट क्वारेन्टाईन चेकजाँच विना रसायन हालेर पकाईएका केराहरु नेपाली बजारमा आउने र त्यो केरा नेपाली केराभन्दा आकर्षक देखिने गरेका कारण नेपाली उपभोक्ताको रोजाई समेत भारतिय केरा नै हुने गरेको छ ।

भारतले किसानहरुलाई अनुदान दिने तर नेपाली किसानले कुनै अनुदान नपाउने गरेका कारण नेपाली बजारमा आउने भारतिय केरा नेपाली केरा भन्दा सस्तो समेत हुने गरेकोले पनि नेपाली किसानहरु थप मारमा परेको किसानहरुको भनाई छ । भारतिय केरा भित्राएर नेपाली किसानलाई डुबाउने खेल भईरहे पनि सरोकारवाला निकाय मौन रहेको उनिहरुको आरोप छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved