This is a test

बैतडी, दार्चुला, बझाङ र बाजुरामा को अगाडी

1

जिल्ला संवाददाताहरु, २२ गते

पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्वर ७ का चार जिल्लाहरुमा मतगणना जारी छ । बाजुरा बाहेक सबै प्रतिनीधी सभा तर्फका तिन वटा क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । दार्चुलामा प्रतिनीधी सभा तर्फ नेकपा एमालेका उम्मेदवार गणेशसिह ठगुन्ना ११ हजार ८२ मतका साथमा अग्र स्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका विक्रम सिह धामी ७ हजार ७ सय १२ मतका साथमा पच्छ्याईरहनुभएको छ । यस्तै प्रदेश क मा नेकपा एमालेका गेल्वु सिह बोहराले २ हजार ३ सय ८८ मत प्राप्त गर्नुभएको छ भने नेपाली काग्रेसका मदन गिरीले १ हजार ७ सय ७ मत पाउनुभएको छ  । प्रदेश ख मा नेकपा माओवादी केन्द्रका मान वहादुर धामीले ३ हजार ४५ र नेपाली काग्रेसका जगदिस वहादुर पालले २ हजार ६ सय ८१ मत पाउनुभएको छ ।

बैतडीमा पुर्व मन्त्री र बर्तमान मन्त्री विच प्रतिस्पर्धा भईरहेको छ । प्रतिनीधी सभामा एमालेका नेता पुर्व राज्य मन्त्री दामोदर भण्डारीले ६ हजार ९ सय ७२ मत पाउँदा वर्तमान राज्यमन्त्री काग्रेस नेता नर वहादुर चन्दले ५ हजार २ सय ६९ मत पाउनुभएको छ । यस्तै प्रदेश क मा नेकपा माओवादी केन्द्रका ६ हजार १ सय ४७ मत पाउनुभएको छ भने नेपाली काग्रेसका हरी मोहन भण्डारीले ४ हजार ७ सय ३८ मत पाउनुभएको छ । यस्तै प्रदेश ख मा राप्रपाका गणेश चन्दले ६ हजार ४ सय ५३ मत पाएर अग्र स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका लिलाधर भट्टले ४ हजार ८ सय ५७ मत पाउनुभएको छ ।
बाजुरामा पनि मतगणना हिजो साझ देखी नै सुरु भएको हो । बाजुराको जिल्ला समुन्वय समितिको कार्यालयमा तीन स्थानमा मतदान सुरु भएको छ । बाजुरामा प्रतिनिधि सभामामा काग्रेसका कविराज पण्डीतले ५ हजार ९ सय ६ मत पाएर अग्र स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका लाल वहादुर थापाले ५ हजार ३ सय ७ मत पाउनुभएको छ । यस्तै प्रदेश क मा एमालेका बलदेव रेग्मीले ६ हजार १ सय २ मत पाउनुभएको छ भने काग्रेसका जनकराज गिरीले ४ हजार ९ सय ६९ मत पाउनुभएको छ । प्रदेश ख मा एमालेका प्रकाश वहादुर शाहले ५ हजार ४ सय ४३ मत पाउनुभएको छ भने काग्रेसका पदम वहादुर शाहीले ५ हजार ३ सय १ मत पाउनुभएको छ ।
बझाङमा एमालेका भैरव वहादुर रावल १८ हजार ९ सय ९० मतका साथमा अग्र स्थानमा हुनुहुन्छ । यस्तै नेपाली काग्रेसका पुथ्वी वहादुर सिहले १६ हजार ५४ मतका साथमा पच्छ्याइरहनुभएको छ । यस्तै प्रदेश क मा एमालेका अर्जुन वहादुर थापाले १० हजार ६ सय ७२ मत पाउनुभएको छ भने नेपाली काग्रेसका चन्द्रादेवी जोशीले ७ हजार ९ सय ९२ मत पाएको छ । यस्तै प्रदेश ख मा माओवादी केन्द्रकी देवकी मल्ल थापाले ७ हजार ८ सय ६३ मत पाउनुभएको छ भने काग्रेसका नरेश वहादुर सिहले ७ हजार ६ सय २५ मत पाउनुभएको छ ।

Share.

1 Comment

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved