This is a test

बैतडीमा विप्लवका कार्यकर्ता भन्दै माओवादी केन्द्रका दुईजना कार्यकर्ता पक्राउ

0

लोकेश साउद, बैतडी मंसिर ०४ गते । 

बैतडीमा विप्लव माओवादीका कार्यकर्ता भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका दुई जना कार्यकर्तालाई पक्राउ गरेपछि बाम गठबन्धभीत्र हल्लीखल्ली मच्चिएको छ । आईतवार बैतडी प्रहरीले बिप्लव माओबादीकै कार्यकर्ता भन्दै एकिकृत माओबादी कार्यकर्ता गजेन्द्र चन्द र प्रेमसिंह कार्कीलाई पक्राउ गरेको हो ।

माओवादी केन्द्रले उनीहरु आफ्ना क्रियाशील सदस्य रहेको र रिहाई गर्न आग्रह गरेपनि प्रहरीले भने उनीहरुको गतिविधी हेर्दा शंकास्पद पाईएकाले चुनाव पछि मात्रै छोडने जनाएको छ । यस्तै आफ्ना कार्यकर्ता पक्राउ परेपछि बिप्लव माओबादीले कडा आक्रोस ब्यक्त गरेको छ । छलफलका लागि भनेर बोलाएर आफ्ना निर्दोष कार्यकर्ता पक्राउ गरेर चिढाउन खोजेकाले त्यसको परिणाम नराम्रो हुने बिप्लव माओबादीका महाकाली ब्यूरो कार्यालय सचिव अग्नीले बिज्ञप्ती मार्फत जनाएका छन् ।

चुनावप्रति संयम रहेका आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई पक्राउ गरेको र यो क्रम चलिरहेकाले यसको परिणामप्रति प्रशासन स्वयंले जिम्मेवार हुनुपर्ने विज्ञप्तीमा जनाइएको छ । प्रशासनले बिप्लव माओबादीका जिल्ला सचिवालय सदस्य बषन्तराज जोशी, शिक्षकहरु महेन्द्रराज बिष्ट र बाशुदेव बोहरालाई पक्राउ गरेको छ । त्यस्तै बिप्लव माओबादीले कारवाही गरेका हरिलाल बिकलाई पनि पक्राउ गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved