This is a test

बैतडीको पाटन र अछामको साफेवगरमा बन्ने नयाँ सहरको भौतिक पूर्वाधार बारे थप अध्ययन हुदै

0

सिताराम ओझा, धनगढी २० असोज ।

सरकारले मध्यपहाडी लोकमार्गमा विकास भइरहेका १० नयाँ सहरमध्ये प्रदेश नम्वर ७ का वैतडीको पाटन र अछामको साफेवगरमा थप अध्ययन गर्ने तयारी गरेको छ । नयाँ स्थानीय तह अनुसार सहरको क्षेत्रफल विस्तार भएकाले ती सहरका भौतिक पूर्वाधार बारे थप अध्ययन गर्ने तयारी गरिएको हो । तर हाल प्रदेश नम्वर ७ का दुवै नयाँ शहरमा गुरुयोजना विना नै काम भईरहेका छन । सुरुवातका वर्षमा कछुवाको गतिमा हुने विकास निर्माणका कामले पछिल्लो समयमा तिव्रता लिएका छन । दुवै शहरमा नयाँ शहर आयोजनाका कार्यालय स्थापना भएपछि कामले गति लिएको हो ।

मध्य पहाडी लोकमार्गमा सरकारले २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्वाकांक्षी योजना साथ घोषणा गरेका १० नयाँ शहर मध्ये प्रदेश नम्वर ७ मा पर्ने अछामको साँफेबगर र बैतडीको पाटनमा गुरुयोजना विना नै विकास निर्माणका काम भईरहेका छन । आधुनिक तथा सुविधा सम्पन्न’ सहरको अवधारणा अनुसार भौतिक पूर्वाधार निर्माण गरिन थालेका भए पनि गुरुयोजनाको अभावमा कुन वाटोमा अगाडी वढ्ने भन्ने अन्यौल हुने गरेको छ । दुवै सहरमा शिक्षा, सडक, विजुली, मनोरञ्जन लगायत व्यवस्था गर्नका लागि योजना अगाडी वढेर त्यही हिसावले विकास निर्माणका कामहरु अगाडी वढिरहेका छन ।

अछामको साँफेवगरमा केही भौतिक संरचना निर्माण भइसकेका छन् । खानेपानी सडक योजनाहरु कार्यान्वयन भईरहँदा वसपार्क निर्माणका लागि जग्गा प्राप्ती र त्यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भईरहेको नयाँ शहर आयोजना अछामका प्रमुख अरविन्द झाले बताउनुभयो । नयाँ सहरका लागि जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, वस्तीको स्थिति, जनसंख्या, यातायात सुगमता लगायत आधारमा ५ वर्ष अघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणवद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको वैतडीको पाटनमा पनि निर्माणका कामले तिव्रता पाएका छन ।

ल्याण्डफिड साईड, सरकारी भवनहरु, तरकारी संकलन केन्द्र मनोरञ्जन पार्क खानेपानी आयोजनाहरु स्थानीय वासिन्दाको माग र आवश्यकता अनुसार अगाडी वढिरहेको नयाँ शहर आयोजना पाटनका प्रमुख प्रविन प्रधानले बताउनुभयो । नयाँ सहर घोषणासँगै त्यस क्षेत्र आसपासका बासिन्दाको जीवनस्तरमा पनि परिवर्तन देखिन थालेको छ । नयाँ सहरहरू पहाडी जिल्लाको केन्द्र बन्ने सोचेर जग्गा र घर घडेरी किन्नेहरू बढेका छन् । नयाँ शहर आयोजनाको काम सुस्त रहेकोमा पछिल्लो समयमा भने यसले तिव्रता पाउन थालेको पाटन नगर विकास समितीका सदस्य छमन भण्डारीले बताउनुभयो ।

क्षेत्रफल विस्तार भएपछि आर्थिक अध्ययन अझै गर्नुपर्ने अवस्थामा पहाडी सहरमा शिक्षा, स्वास्थ्य, सञ्चारको विकास भए राजधानी र तराईमा बसाइँ सर्ने क्रम केही मात्रामा रोकिने आशा गरिएको छ । ती स्थानमा खानेपानी, सडक, बत्ती लगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएकोले ठूला सहरमा मानवीय चाप कम गर्न सरकारले मध्यपहाडी लोकमार्गमा नयाँ सहर विकास गर्न लागिएकोमा प्रदेश नम्वर ७ का पाटन र वैतडीमा सुस्ताएको कामले गति लिएपछि नयाँ शहरले मुहार फेर्ने आशा गरिएको छ । प्रदेश नम्वर ७ का दुवै शहरमा भौतिक पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइँसराइको क्रम बढ्ने र बसोबासको चाप समेत बढ्ने अनुमान गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved