This is a test

बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

0

बैतडी, २१ असोज ।

बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । स्थानीय तहबाट समयमै औषधि खरिद गर्न नसक्दा अभाव भएको हो । जिल्लाको पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिका बाहेकका स्थानीय तहले औषधि खरिद गर्न सकेका छैनन् । औषधि खरिद गरेका तहले पनि स्वास्थ्य संस्थामा औषधि वितरण गरेका छैनन् । औषधि खरिदका लागि कम रकम विनियोजन भएकाले खरिद गरिएको औषधिले डेढ महिनामात्रै धान्ने पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुवँरले जानकारी दिनुभयो । औषधि खरिदका लागि चार लाख रुपैयाँ मात्र छुट्याइएको उहाँले बताउनुभयो । चार लाखको औषधिले डेढ महिना पुग्ने र त्यसपछि के गर्ने भन्ने अन्यौल रहेको उहाँको भनाई छ । बैतडीका स्वास्थ्य संस्थामा अहिले औषधिको चरम अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । औषधि नहुँदा जाँचका लागि आउने बिरामी रित्तो हात फर्किनु परेको गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सिटामोल समेत नरहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved