बेल्डाँडीमा खुल्ला फुटबल प्रतियोगिता हुने

0

महेन्द्रनगर, ३२ साउन ।

सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा कञ्चनपुरको बेल्डाडीमा खुला फुटबल प्रतियोगिता हुने भएको छ । अल स्टार युवा क्लब बेल्डाडीको आयोजनामा भदौ १० गते देखी फुटबल प्रतियोगिता चल्ने आयोजकले जनाएको छ ।

अल स्टार युवा क्लबले बुधवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष चेत बहादुर शाहले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गर्नलागीएको बताउनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउने टिमले भदौँ ८ देखी ९ गते सम्म टिम दर्ता गराउन सकिने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई नगर २५ हजार सहित ट्रफी तथा द्धितीय हुने टिमलाई नगद १५ हजार सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष चेत बहादुर शाहले जानकारी दिनुभयो । गौरा पर्वको अवसरमा क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved