This is a test

बुह प्रतिभाका धनि कलाकार भानुभक्त जोशी

0

नवराज पनेरु, धनगढी ।


युटुवमा डोटेली भाषाको धारावाहीक सिरीयल जोई, पोई विगत लामो समयदेखी चर्चामा रहेको छ । शुक्रवार मात्रै २८ औँ श्रृङखला सार्वजनीक गरीएको उक्त नाट्य श्रृङखलाका कलाकार र निर्माता निर्देशकको विषयमा धेरैलाई जान्न मन पनि होला । त्यहि नाट्य श्रृङखलाकाका लेखक, निर्देशक र मुख्य कलाकार हुन भानुभत्त जोशी । सुदूरपश्चिममा जन्मेर नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका एक बहु आयामिक कलाकारका रुपमा जोशीको परिचय विस्तार भईरहेको छ ।

सुदूरपश्चिमका देउडा भाका संकलन र संरक्षणमा जुटिरेहका जोशी आफँैमा राम्रो कवि तथा लेखक समेत हुन् । टेलीभिजनहरुमा नेपाली भाषाका नाटकहरु प्रशारण भईरहेपनि डोटेली भाषाको कुनै पनि नाटक, सिरीयलहरु नआउने कुराले चित्त दुखाएका जोशीले आफै डोटेली भाषामा धारावहाकी नाटक जोई पोई बनाउन सुरु गर्नुभएको हो । उक्त धारावाहीक नाटकले धेरै श्रोता दर्शकको मन जितीरहेको छ ।

बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका सित्तड बगिल्डामा जन्मेका जोशीले गाउँकै सूर्यपन्त प्राविबाट कखरा सुरु गरे । भगवती उच्च मावि सित्तडबाट प्रवीणता तह उत्तिण गरे । बैतडीबाट अध्ययनका लागि दार्चुलाबाट बिए र त्रिभुवन विश्व विद्यालयबाट एमए गरेका जोशीले २०६५ सालमै देउडा भाकाको ‘सुनिता सुन कमल’ बोलको देउडा एल्बम निकालेर संगीतको क्षेत्रमा लागेका हुन् । जोशीले २०६५ मै दुई वटा पुस्तक समेत प्रकाशन गरेका छन् ।

जोशीले ‘सुदूरपश्चिम रंगमञ्च र धर्ती बोल्छ’ नामक दुई वटा पुस्तक २०६९ सालमा प्रकासन गर्नुभयो । ‘स्वर्गको सिँडी सँगै चढौँला’ बोलको गीत जोशीको लय तथा शब्द संकलनमा विमल डाँगीले गाए । ‘दाङकी माया भेटियो धनगढी’ बोलको गीत भने जोशीले टिका पुनसँग गाएका छन् । पछिल्लो समयमा अभिनयमा समेत उत्तिकै जमेका जोशीले २०७० बाट ‘रक्षावीर’ नामक लघुचलचित्रबाट अभिनय यात्रा प्रारम्भ गरेका हुन् ।

जोशीले बनाएको ‘जिन्दगी क्या छर ? वृत्त चित्रले समेत राम्रै बजार लिएको छ । जोशीकै रचनामा रहेको ‘गौरा एक महा पर्व’ कृति २०७० मा सार्वजनिक भएको थियो । उक्त पुस्तक अहिले होङकु सिनेमा प्रालीको युट्युब च्यानलबाट नियमित वाचन समेत भइरहेको छ । कलेखन र गायन क्षेत्रबाट कलाकारीतामा पाईला टेकेका जोशीले अहिले डोटेली भाषाको रक्षाका लागी देउडा गित र डोटेली धारावाहीक नाटक मार्फत प्रयास गरीरहनुभएको छ ।

अहिले बढेको नयाँ आधुनिकता सँगै बिस्तारै देउडा भाका समेत ओझेलमा पर्न थालेको देखेर यसको संरक्षमा जोडदिन ‘छछल्किएको आँशु’ महाकाव्य र शब्दका बादलहरू गजल संग्रह प्रकाशनको अन्तिम चरणमा रहेको समेत जोशीले बताएका छन् । १ सय ८ गितमा कुनै न कुनै किसीमको सहभागीता जनाएका जोशीको आफ्नै स्वरमा ७० भन्दा बढि गित छन् भने ५० बढि गितमा जोशीकै शब्द पनि रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved