This is a test

बिबेकसिल साझा पार्टीको सचिवालय उद्घाटन

0

धनगढी, कात्तिक ३० गते ।
कैलालीको अत्तरियामा बिबेकसिल साझा पार्टीको सचिवालय उद्घाटन गरिएको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि स्थापना गरिएको सचिवालयको पार्टीका प्रदेश नम्वर ७ का संयोजक गोपाल हमालले उद्घाटन गर्नुभयो । सो क्रममा विभिन्न पार्टी परित्याग गरी ४ जना बिबेकसिल साझा पार्टीमा प्रवेश गरेका छन । कार्यक्रममा बिबेकसिल साझा पार्टीका गौरीगंगा नगरपालिकाका संयोजक कृष्ण मल्ल, प्रदेश सभाका उमेद्वार धनबहादुर वोगटी र योगेन्द्र हमालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved