बिबेकसिल साझा पार्टीको प्रदेश नम्वर ७ को संयोजकमा सुन्दर सुदुरपश्चिमका अभियन्ता गोपाल हमाल

0

सीताराम ओझा, धनगढी २८ साउन ।

बिबेकसिल साझा पार्टीको प्रदेश नम्वर ७ को संयोजक सुन्दर सुदुरपश्चिमका अभियन्ता गोपाल हमाल चयन हुनुभएको छ । शनिवार धनगढीमा भएको विकास र समृद्धि हाम्रै पालमा अभियानको छलफल कार्यक्रममा हमाललाई प्रदेश नम्वर ७ को जिम्मेवारी दिईएको हो ।

बिबेकसिल साझा पार्टीका सहसंयोजक रबिन्द्र मिश्रले हमाललाई प्रदेशको जिम्मेवारी दिईएको घोषणा गर्नुभयो । बिकास र समृद्धि हाम्रै पालामा अभियानको निमन्त्रणामा यहाँ भएको कार्यक्रममा प्रदेशको जिम्मेवारी पाएपछि हमालले ईमान्दारीताको साथ यस क्षेत्रको विकासमा कटिवद्ध हुने वताउनुभयो ।

उहाँले समग्र प्रदेश र प्रदेशका जनताहरुको विकास र समृद्धि गर्न सकेमा आर्थिक क्रान्ति आउने भन्दै यसलाई प्राथमीकता दिने वताउनुभयो । विभिन्न राजनितिक घटनाक्रममा विभिन्न वादहरु आएकोमा अव सवै राजनितिक दलहरुले विकास वादलाई वोकेर हिड्नु पर्ने वताउनुभयो । उहाँले आफुहरु अन्य राजनितिक दलहरुको विरोधी नभएर उनीहरुलाई विकास र समृद्धिको नारा सहित जानका लागि प्रेरित गर्ने र आफुहरु पनि यसका लागि लागिपर्ने वताउनुभयो ।

सफल व्यवसायी तथा विकास प्रेमी भनेर पहिचान वनाउनु भएका हमाललको राजनितिक यात्रालाई धेरै जनाले अर्थपुर्ण रुपमा हेरिरहेको अवस्थामा उहाँले सुदुरपश्चिमका धेरै जना नेताहरुले यस क्षेत्रको विकासका लागि काम नगरेको आरोप लगउनुभयो । उहाँले यस क्षेत्रका धेरै जना नेताहरुले नेपाली राजनिति हाकिरहेको भएपनि उनीहरुले अहिलेसम्म केही पनि नगरेकोले अव सवै जना सचेत हुनुको विकल्प नरहेको वताउनुभयो ।

आफ्नो संगठन विस्तार गर्ने क्रममा बिबेकसिल साझा पार्टीले पश्चिमी क्षेत्रवाट हमाललाई प्रदेश नम्वर ७ को संयोजक तोक्दै मोफसलमा पनि पार्टी विस्तारको काम सुरु भएको हो । हमाललाई संयोजकको जिम्मा दिइर्एएको भए पनि अन्य पदहरुमा भने कसैलाई जिम्मेवारी दिईएको छैन । जिल्ला कार्य समिती र क्षेत्रीय कार्य समितीहरु यसपछि गठन हुने विवेकसील साझा पार्टीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved