This is a test

बाम एकता कांग्रेसका लागि अनिष्ट : एमाले उपाध्यक्ष रावल

0

धनगढी, २५ असोज ।

नेपाली काग्रेसले बाम एकता देशका लागि अनिष्ट आएको टीप्पणी गरिरहेका बेला एमालेका उपाध्यक्ष भीम रावलले बाम एकता काँग्रेसका लागि भने अनिष्ट भएको बताउनु भएको छ । नेकपा एमाले प्रदेश नम्बर ७ को धनगढीमा भएको दुई दिने बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताउनु भएको हो । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीविच प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन बनाएर लड्ने र लगत्तै पार्टी एकिकरण गर्ने सहमति भएपछि काग्रेस लगायतका दलहरु अत्तालीएको बताउनुभयो । उहाँले चुनावको मुखमा आएर सरकार पुर्नःगठन र चुनाव सारिए आफुहरुलाई सह्य नहुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नम्बर २ र अछाम क्षेत्र नम्बर १ बाट सिफारिस भएका रावलले पार्टीले जुन क्षेत्रबाट लडाउन खोज्यो त्यहिबाट लड्न तयार रहेको बताउनुभयो । यस्तै एमालेको प्रदेश नम्वर ७ को बैठकले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी बीच भएको सहमती देश र जनताको हितमा प्रभावकारी हुने ठहर गर्दै उक्त निर्णयलाई स्वागत गरेको छ । यस्तै एमालका प्रदेश सह संयोजक कर्ण थापाले पनि धनगढीमा पत्रकारहरुसँग गरिएको चियापान कार्यक्रममा सुदूरपश्चिममा खानीका लागि कामै नभएको बताउनु भएको छ । आफ्नो कार्यकालमा खानीको अनुसन्धानका लागि बजेट छुट्याए पनि कसैले गरेको राम्रो कामले नेपालमा निरन्तता नपाउने परम्परा अनुसार त्यो बजेटलाई अर्को सरकारले निरन्तरता नदिएको बताउनुभयो । उहाँले दलहरु पनि अहिले सतही तरिकाले कुरा गरिरहेकाले, अब जनता पत्रकार र दलहरुले विकास र समृद्धीका कुराहरु बहसमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको गठनबन्धनले विदेशीको हप्तक्षेप कम हुने र नेपालमा दिगो सरकार बन्ने दाबी गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved