This is a test

बाजुरा ३२ औ पूर्ण खोप यूक्त जिल्ला घोषणा

0

प्रकाश सिह, बाजुरा पुस १५ गते ।

बाजुरालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप युक्त जिल्ला हाम्रो प्रतिवबद्धता’ भन्ने मुल नाराका साथ जिल्लालाई देशकै ३२ औँ जिल्लाको रुपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको हो ।

बाजुरा प्रदेश न ७ को आठौँ जिल्लाको रूपमा खोप युक्त जिल्ला घोषणा भएकोे छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द बिश्वकर्माले जिल्लाका बालबालिकाहरु कुनै पनि खोप बाट बञ्चित नभएको र यस भन्दा पछाडीका सम्पुर्ण बालबालिकाहरु लाइ खोप नछुटाउन आग्रह गर्नुभयो ।

२०७१ साल देखी सुरु गरिएको अभियानमा जन्मेदेखी २ वर्ष सम्मका ३१ सय ६४ जनाको लक्ष्य राखीएकोमा ३९ सय २० जना बालबालिकालाई सबै प्रकारका खोप लगाईएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved