This is a test

बाजुरा जिल्लामा भाईरल ज्वरोका बिरामी बढे, उपचार गर्न गाँउमा स्वास्थ्य कर्मी

0

बुढिन्नदा नगरपालिका ४ सिराडी गाँउमा भाइरल ज्वरोको प्रकोप बढेपछि गाँउमै गएर बिरामीको चेक जाँच गर्दै चिकित्सक फोटो : प्रकाश सिंह, बाजुरा

प्रकाश सिंह, बाजुरा पुस २४ गते ।

बाजुरा जिल्लामा भाईरल ज्वरोका बिरामीहरु बढेका छन । जिल्लाका सबै स्थानिय तहमा भाइरलका बिरामी बढेपछि गाँउ गाँउमा स्वाथ्यकर्मी सहतिको टोलि गएको जनस्वास्थ्य अधिकृत रमेश कुवरले जानकारी दिनुभयो । भाइरल ज्वरोबाट जिल्लाका छेडेदह, बुढिन्नदा, हिमाली गाँउपालिका, स्वामीकार्तिक गाँउपालिकामा गाँउहरु प्रभाबित भएका छन् । भाईरल ज्वरोका कारण वालवालिका र बुढापाकाहरु बढी प्रभावित भएका छन ।

छेडेदह गाँउ पालिका २ का वडा अध्यक्ष मिन बहादुर शाहिले भाइरल ज्वरोका कारण गाँउ नै थलिएको बताउनुभयो । उहाँले बिरामी भएका सबैको टाँउको दुख्ने ज्वरो आउने छाति दुख्ने खोकि लाग्ने र वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेका बताउनुभयो । छेडेदह गाँउपालिका देवस्थलिय माबिका शिक्षक दिर्घ शाहिले गाँउमा भाइरलको प्रकोप बढेपछि बिद्यालयको पढाई समेत प्रभाबित भएको वताउनुभयो ।

त्यस्तै छेडेदह गाँउपालिका १ काँडामा पनि भाइरल ज्वरोका बिरामी बढेको स्थानिय दान बहादुर रोकायाले वताउनुभयो । गाँउमा भाइरल ज्वरोको संक्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यलय बाजुराले स्वास्थ्यकर्मीको टोलि गाँउमा पठाएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्कर्माले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved