This is a test

बाजुरा जिल्लाका कृषक तरकारी खेति तर्फ आर्कषीत

0

प्रकाश सिंह, बाजुरा पुस १९ गते ।

बाजुराको त्रिवेणी नगरपालिका ८ ढडालीका टेक बहादुर थापाले जिवनको आधा समय भारतमा ज्याला मजदुरी गरे । भारत गएर कमाई राम्रो नभएपछि बिगत ५ बर्ष देखि उहाँ बाजुरामै तरकारी खेती गरिरहनुभएको छ । तरकारी खेतीको सुरुवात १० बर्ष पहिले नै सुरु गर्नुभएका उहा विचमा भारत जाने आउने गर्नु हुन्थ्यो । विस्तारै तरकारी खेति बाट राम्रो आम्दानी हुने भएपछि ५ बर्ष यता उहा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । तरकारी खेती गरेर बार्षिक ३ लाख भन्दा बढि बचत गर्ने गरेको उहाले बताउनुभयो ।

तरकारी खेती बाट नेपालमा राम्रो कमाई हुने भएपछि अहिले भारत जान छोडेको उहाले बताउनुभयो । उहाँ जिल्लाकै नमुना किसानका रुपमा स्थापित समेत हुनुभएको छ । उहाले मौसमि, बेमौसमी तरकारी, लहेर, अलैचि खेति, किवी खेति र फलफुल खेति गरिरहनुभएको छ । जिल्लामै पहिलो पटक टेक बहादुरले अलैचि खेति सुरुवात गरेको स्थानिय गैर सरकारी संस्था एचआरसी बाजुराका कार्यक्रम प्रबन्धक अग्निराज शाहिले वताउनुभयो ।

टेक बहादुर जस्तै बुढिगंगा नगरपालिका ६ बेल्काट्याका काशिराम पाध्यया पनि पछिल्लो समयमा तरकारि खेतिमा लाग्नुभएको छ । तरकारी खेति बाट राम्रो आम्दानी र बजार पाउने भएपछि भारत मजदुर गर्न जान छोडेको बताउनुभयो । तरकारी खेती संगै उहाले बाख्रापालन पनि सुरु गर्नुभएको छ । यस्तै बुढिगंगा नगरपालिका ७ का चित्र बहादुर बिष्ट पनि तिन बर्ष देखि तरकारी खेती गरिरहनुभएको छ । सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गरेको उहाले बताउनुभयो ।

जिल्लामा कृषि विकास कार्यलय, प्रयाटिकल याक्सन, एचआरसी लगाएतसकारी तथा गैर सरकारी संस्थाले कृषि क्षेत्रमा काम गर्दै आएका छन् । खाद्य संकटका रुपमा चिनिने वाजुरा जिल्लामा पछिल्लो समयमा धेरै किसानहरु तरकारी खेतिमा आर्कषित भएका छन् । स्थानिय बजारमा बजार भाउ पाउने र राम्रो आम्दानी हुने भएपछि तरकारी खेति गर्नेको संख्या बढेको जिल्ला कृषि विकास कार्यलयका प्राविधिक मिन प्रसाद जैशीले वताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved