This is a test

बाजुरामा सञ्चालित कर्णाली रोगजार कार्यक्रममा लाखौंको भ्रष्टाचार

0

प्रकाश सिंह, बाजुरा ८ कार्तिक ।

बाजुरा जिल्लामा सञ्चालीत कर्णाली रोजगार कार्यक्रमका प्राबिधिक र कर्मचारीले कमिशन लिएको खुलासा भएको छ । बाजुराको पुर्वोउत्तरी क्षेत्रमा सञ्चालित सो कार्यक्रममा बिभिन्न बहाना गर्दै कर्मचारीले रकम मागेको उपभोक्ता समितिका पदाधीकारीहरुले वताएका छन् । कर्णाली रोजगार कार्यक्रम अन्तर्गत बाजुरामा सड्क, खानेपानी, सिचाई र बाटोघाटो निर्माणका कामहरु भईरहेका छन ।

स्थानियलाई रोजगार प्रदान गर्न र पुर्वाधारको पनि विकास गर्ने उद्देश्यले नेपाल सरकारले बिदेशी दातृ निकायको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । आर्थिक बर्ष ०७३÷०७४ मा १४ वटा योजनाका लागि ४ करोड रुपैया बिनियोजन भएको थियो । ती सबै योजनाबाट प्राविधिक र कर्मचारीले ५० हजार देखि तीन लाख सम्म रकम मागेको बुढिन्नदा नगरपालिकाकी उपमेयर सुष्टि रेग्मिले वताउनुभयो ।

उपभोक्ता समितिलाई थप योजना हालिदिने र काम राम्रो नभएको बहाना गर्दै रकम लिने गरेको पाईएको उहाँले बताउनुभयो । स्वार्मीकार्तिक गाँउपालिका ५ मिगुममा रहेको मिगु खानेपानी आयोजनाबाट ५० हजार कर्णाली रोगजार कार्यक्रमका ईन्जिनियर नविन पाण्डेले मागेर लगेको स्थानियले वताएका छन् । १५ लाख लागतको उक्त योजनामा सुरुमा एक लाख मागेको र त्यसपछि सबैको सहमतिमा ५० हजार दिएको उपभोक्ता समितिका सचिव गम्म महतराले स्वीकार गर्नुभ्यो ।

त्यस्तै बुढिन्नदाको कोटिलामा रहेको भाट सिचाई आयोजना बाट पनि एक लाख ५० हजार मागेर लगेको खुल्न आएको छ । १९ लाख ५० हजारको सिचाई योजनाबाट रकम नबताईए पनि केही खर्चपानी दिएको उपभोक्ता समितिका अध्यक्ष छत्र मल्ल स्वीकार्नुभयो । उक्त योजनाको अनुगमनका लागि प्राबिधिक कार्यलयका ईन्जिनियर जंग बहादुर थापाको नेतृत्वमा गएको टोलिले काम कम भएको भन्दै बाह्र÷तेह्र लाख मात्र दिन सक्ने वताएका थिए । पछि कर्णाली स्वरोजगार कार्यक्रमका प्राबिधिकले पुरै बिल पास गरिदिएपछि, केही रकम दिएको मल्लको भनाई थियो ।

प्राबिधिक पाण्ड्ले धुलाचौर फैती सड्कबाट २ लाख, धिम फैति सड्क बाट ३ लाख, बाधु पाडि सड्क बाट १ लाख ५० हजार कोल्टि बुढिन्नदा सड्क बाट १ लाख रुपैया लिएको खुल्न आएको छ । जिल्ला समन्वय समितिका ईन्जिनियर तथा निमित्त स्थानीय विकास अधिकारी जंग बहादुर थापाले पनि उपभोक्ताबाट ईन्जिनियर पाण्डेले रकम लिएको सुन्नमा आएको बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved