This is a test

बाजुराको मार्तडी वजार अस्तव्यस्त

0

प्रकाश सिंह, बाजुरा माघ २५ गते ।

वाजुराको जिल्ला सदरमुकाम मार्तडी वजार अस्तव्यस्त वन्दै गएको छ । बजारमा खानेपानीका लाईन अस्तव्यस्त अवस्थामा रहेको छन् । जथाभावी पाईप लाईन फुटेर बाटोहरु हिलाम्ये हुनुका साथै हप्तौसम्म धारामा पानी नआउने गरेको स्थानियले वताएका छन् ।

बजारबाट निस्कने फोहोर व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित बन्दै गएको हो । बजारबाट दैनिके फोहोर लगेर अव्यवस्थित रुपमा जथाभावी फाल्ने गरेका कारण बजार दुर्गन्धित र अशोभनिय देखिएको मार्तडीकी स्थानीय सिता विकले वताउनुभयो ।

व्यापारीहरुले जथाभावी फोहोर फाल्नाले सडक आसपासमा खेतबारीमा काम गर्ने किसानहरुलाइ पनि समस्या देखिएको छ । ब्यापारीहरुले दैनिक ब्यापार गरेर लाभ लिने र पसलबाट निष्केको फोहोर जथाभावि फालेपनि दुर्र्गन्धित बन्दै गएको आरोप स्थानियले लगाएक छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved