बसन्ता बन क्षेत्रका रुख कटानीमा फेरी अन्यौलता

0

नवराज पनेरु, धनगढी ०४ जेठ ।

कैलालीमा हुलाकी सडक अन्तरगत पर्ने बसन्ता बन क्षेत्रका रुख कटानीमा फेरी अन्यौलता देखीएको छ । लामो समयको संघर्षपछि बनले रुख कटानीका लागी सहमती दिएपनि पहिलेको सर्भे भन्दा बढि रुख काट्नसपर्ने देखीएपछि फेरी रुख कटानीमा अन्यौलता देखीएको हो । लामो समयको संघर्षपछि केहि समय अगाडी मात्रै जिल्ला बन कार्यालय कैलालीले धनगढी–शत्ति हुलाकी राजमार्ग अन्तरगत बसन्ता बन क्षेत्रमा निर्माण हुन बाँकी १८ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानीका लागी सहमती दिएको थियो ।

यसअघि बसन्ता जैविक मार्गको अस्तीत्व संकटमा पर्ने भन्दै जिल्ला बन कार्यालय कैलालीले हुलाकी सडकको नक्सांकन परिवर्तनको अडान लिएपछि लामो समयदेखी कैलालीमा पर्ने हुलाकी राजमार्गको निमार्ण कार्य रोकिएको थियो । तर जिल्ला बनको सहमतीपछि १६ किलोमिटर क्षेत्रमा पर्ने रुख कटानी भईसकेपनि बाँकी रहेको २ किलोमिटर क्षेत्रमा रुख कटानीमा फेरी विवाद देखीएको कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका, योजना प्रमुख तुरुन्त मण्डलले जानकारी दिनुभयो ।

बसन्तामा रहेको हुलाकी राजमार्ग अन्तरगत २ किलोमिटर क्षेत्रमा पहिलेको सर्भे भन्दा बढि रुख काट्न पर्ने देखीएकाले रुख कटानीमा अन्यौलता छाएको उहाँले बताउनुभयो । २ किलोमिटर क्षेत्रमा रहेका रुख कटानीका लागी फेरी वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया सुरु भएको आयोजना प्रमुख मण्डलले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन गरी रुख कटानीको आदेश मन्त्रीपरिषदबाट आउनपर्ने भएकाले अझै रुख कटानीका लागी ६ महिना समय लाग्ने उहाँले बताउनुभयो ।

विभिन्न खण्ड गरी हालसम्म हुलाकी सडक अधुरै रहेपनि गत मङ्सिरमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे र भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकको उपस्थीतीमा सकडको उद्घाटन भने भईसकेको छ ।

Share.

Leave A Reply