बलिउडका चर्चित नायक अर्जुन कपुर र नायीका प्रणिती जुलाघाट आउने

0

लोकेश साउद, बैतडी २३ असोज ।

कलिउड मात्रै होईन, सुदूरपश्चिमका सुन्दर दृष्यहरु अब बलिउडका लागि पनि आकर्षणका केन्द्र बन्न थालेका छन । बलिउडका चर्चित नायक अर्जुन कपुर र नायीका प्रणितीको भुमीका रहेको दिवाकर बनर्जीद्वारा निर्देशीत ‘सन्दीप और पिंकी फरार’ चलचित्रको छायांकनका लागि बलिउडका दुबैजना स्टार बैतडीको जुलाघाट आउने भएका छन । निर्माण समुहले जिल्ला प्रशासन कार्यालय बैतडीलाई, जुलाघाट आउनका लागि अनुमति मागेको बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

निर्माण समुहका लाईन प्रोड्युसर सुमीत ज्ञानचन्दने ले जिल्ला प्रशासन कार्यालय बैतडीलाई सम्बोधन गरी पठाएको पत्रमा, नेपाल भारतको जुलाघाट सीमानामा रहेको झोलुगे पुलमा छायांकनको अनुमतीका माग गरिएको छ । अर्जुन कपुर र नायीका प्रणिती चोपडा बेहुला बेहुली बनेर नेपाल प्रवेश गरेको दृष्य छायांकन गरिने जिल्ला प्रशासन कार्याल बैतडीलाई पठाईएको पत्रमा उल्लेख छ ।

पत्रमा उक्त दृष्य चलचित्रका लागि निकै रोचक र मुख्य हुने पनि उल्लेख गरिएको छ । भारत पट्टीको झुलाघाट पुलमा भने भारत सरकारले अनुमति दिईसकेको पनि पत्रमा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले स्थानीय प्रशासनले अनुमति दिन नमिल्ने र आफूले गृह मन्त्रालयलाई त्यसका लागि अनुमति मागेको बताउनुभयो । बलिउड फिल्ममा मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु तथा महाकाली नदीको सुन्दर तटिय क्षेत्रले यस क्षेत्रको प्रबर्धन हुने आशा गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved