This is a test

बडी मालीकाको नयाँ बस सेवा सन्चालनमा

0

बझाङ २२ बैशाख ।

बझाङ देखी धनगडी कैलाली सम्मका लागी बडी मालीका बस सेवा सन्चालनमा आएको छ । आज एक औपचारीक कार्यक्रमको आयोजना गरी बडी मालीका यातायात ब्यावसायि संघ कैलालीले सेवा सन्चालन गरेको हो । यात्रुहरुको पिर मर्कालाई मध्यनजर गर्दै सेवा सुचारु गरेको कार्यक्रमका अध्यक्ष तथा मालीका बस ब्यावसायि संघ धनगडी कैलालीका महासचिब दिल बहादुर कलौलीले बताउनुभयो ।

 

लामो समय देखी बस सेवामा काम गर्दै आएको बताउदै उहाँले जसरी अन्य बस ब्यावसायीहरुले सेवा दिई रहेका छन् सो भन्दा फरक तरीकाले बढीमालीकाले यात्रुहरुलाई सेवा दिने बताउनुभयो । बस पार्क बाट ८÷१० जना यात्रु भए पनि जाने तर विच बाटोमा यात्रु पुगने भनेर अर्को बसमा बसाल्ने तथा यात्रुलाई नै अलपत्र पार्ने प्रवृतिको अन्त्य गर्न का लागी सेवा सन्चालन गरेको उहाँले बताउनु भयो ।

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी केशब बहादुर थापाले बझाङ जिल्लामा पनि धेरै बस सेवा सन्चालनमा आएकोमा खुःसी ब्यक्त गर्दै सबैले मिलेर यात्रुहरुलाई बढी सेवा दिनु पर्ने बताउनुभयो ।

 

बडी मालीकाले बझाङ बाट धनगडीसम्मका लागी विहान एक बस र बेलुका एक बस सेवा सुचारु गरेको छ । अब बझाङ बाट सुदुरपश्चिम यातायात, महाकाली यातायात, पवनदुत यातयात, कर्णाली रिभर यातायात, र उग्रतार यातायात, र बडीमालीका यातायात गरी ६ वटा बस ब्यावसायि समीतीका बसहरु सन्चालनमा आएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved