बझाङ जिससमा एमाले निर्विरोध

0

डीबी विष्ट, बझाङ २७ ।

जिल्ला समन्वय समिति बझाङमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ । शुक्रबार भएको मनोनयन प्रक्रियामा अन्य कुनै पनि दलको मनोनयन दर्ता नभए पछि एमालेको प्यानल निर्विरोध भएको हो ।
एमालेको तर्फबाट पुर्व जिल्ला कमिटीका उपाध्यक्ष खड्क बहादुर खड्का जिल्ला समन्वय समितिको संयोजक निर्वाचित भएका छन भने भागिरथी अवस्थी उप संयोजकमा निर्वाचित भएकी छन ।
यस्तै जिल्ला समन्वय समितिको सदस्यमा महिला बाट सरस्वती बोहरा, मेनका साउंद, दलित महिलाबाट बिनिता सार्की निर्वाचित भएका छन । दलित सदस्यमा गजेन्द्र बहादुर सार्कि, तथा पुरुष सदस्यमा जन्मेजय जोशी, डबलबहादुर बोगटी र पदम धामी निर्वाचित भएका छन । निर्विरोध निर्वाचित भएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई शुक्रबार नै शपथ ग्रहण गराइएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved