This is a test

बझाङमा बर्षा संगै लेकाली भेगमा हिमपात, जनजिवन प्रभावीत

0

डीबी विष्ट, बझाङ मंसिर २६ गते ।

बझाङ जिल्लामा सोमबार रातीबाट पानी पर्न सुरु भए संगै आज विहान देखि लेकाली भेगमा हिमपात सुरु भएको छ । बर्षा संगै काडागाउपालीका, सुर्मागाँउपालीका, छविसपाथीभेरा गाउपालीका, र बुंगल नगरपालीकाको माथिल्लो भेगमा हिमपात भएको छ । काडा गाउपालीका धुलीका बसन्त बहादुर बोहराले पाटन तिर बाक्लो हिउ परेको र गाउमा समेत हिमपात सुरु भएको बताउनुभयो ।

बर्षा र हिमपात संगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउपालीकाहरुमा हिउ जम्न थालेका कारण जनजीवन कष्टकर भएको छ । हिउं जमेको र जाडो बढन थालेकाले घरबाहिरको काम गर्न समस्या भएको छविस पाथीभेरा गाउपालीका ७ का स्थानीय प्रकास धामीले बताउनुभयो । जाडोले केटाकेटी र बृद्धबृद्धा बढी समस्यामा परेका छन । तर लामो समय सम्म वर्षा नहुदा हिउदे बाली विग्रने चिन्तामा परेका किसानलाई भने बर्षाले धेरै राहत पुर्याएको छ । गतबर्षको जस्तै खडेरी पर्छकी भन्ने चिन्ता लागेको भए पनी अहिले देखी नै पानी पर्न थाले पछि निकै रहात पुगेको कृषक विर बहादुर बहोराले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved