This is a test

बझाङमा पानी संगै हिमपात : कृषक लाई रहात

0

डीबी विष्ट, बझाङ माघ १० गते ।

बझाङ जिल्लामा मंगलबार राती पानी संगै हिमपात परे पछि कृर्षक लाई रहात भएको छ । आकाशे पानीकोे भरमा खेती गरेका त्यहाँका किसानहरु पानी र हिमपात भए पछि निकै खुःसी भएका हुन् । लामो समय देखी पानी नपर्दा लगाएको गहुँ बाली सुक्न थाले पछि चिन्तीत बझाङका किसानले पनि परेपछि भने रहात मसुस गरेका छन । बझाङका अधिकांश हिमाली स्थानहरुमा हिमपात भएको छ भने अन्य सबै ठाँउमा सामान्य बर्षा भएको छ ।

बझाङको काँडा, सुर्मा, तल्कोट, मष्टा गाँउपालीका र बुंगल नगरपालीकाका उच्च भेगहरुमा हिमपात भएको छ भने बेसी तिर पानी परेको स्थानीयले बताएका छन् । पानी नपर्दा लगाएको अन्न बाली सुक्न थाले पछि खाने पानिको सहायताले सिचाई गर्न थाले पनि प्राप्त ठाँउ सिचाई नहुने भएका कारण भोक भोकै मरिने चिन्ता लागेका बेला राती आएको बर्षाले ठुलो राहत पुगेको जयपृथ्वी नगरपालीका वडा नं. १० का स्थानीय रण बहादुर सिहँले बताउनुभयो ।

बर्षा र हिमपात संगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । बर्ष संगै परेको हिमपातका कारण बझाङ जिल्लाका उच्च हिमाली गाँउपालीका काँडाका स्थानीयहरुको भने जनजिवन प्रभावीत भएको छ । कांडा गाँउपालीका ७ धुलीका बसन्त बहादुर बोहराले पाटन तिर बाक्लो हिउ परेका कारण यस वर्ष यार्सा पलाउने आसा बढेको बताउनुभयो । गत वर्ष ८ महिना लामो खडेरीका कारण यार्साको उत्पादन पनि निकै घटेको थियो उहाँले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved