बझाङमा आधा किलो चरेश सहित दुई जना पक्राउ

0

डीबी विष्ट, बझाङ १ कात्तिक ।

आधा किलो लागु औषध चरेश सहीत दुई जना प्रक्राउ परेका छन । चैनपुर देखी महेन्द्रनगरका लागी छुटेको ना ६ ख १६८८ नम्वरको यात्रुवाहक वसमा यात्रा गरिरहेका कैलालीको धनगढी उपमहानगरपालिका १२ ए गाउँका १७ वर्षीय विनोद थापा र २१ बर्षिय किसन थापालाई झोलामा लुकाएर चरेस ल्याईरहेको अवस्थामा चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक ऋर्षिराम कडेलले बताउनुभयो ।

प्रहरी सहायक निरीक्षक भीमवहादुर चौधरी नेतृत्वको टोलीले प्रहरी चौकी स्याँडीले चरेश बरामद गरेको हो । बरामद चरेश सहीत दुबै जना प्रहरी नियन्त्रणमा राखीएको र धनगढी उपमहानगरपालीका १२ का शेरबहादुर थापा फरार रहेकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved