This is a test

बजारमा तिर्नुपर्ने रकम आफै बुझेर व्यापार गर्दै उद्योग वाणिज्य संघका पदाधीकारी

0

धनगढी, पुस १९ गते ।

नगरबासीबाट लाखौं रकम उठाएर जिल्ला प्रहरीसँग मिलेर सिसि क्यामेराको अपरिपक्क निर्णय गरेको भन्दै ब्यवसायीहरुकै आलोचना खेपिरहेका कैलाली उद्योग वाणिज्य संघका पदाधीकारीहरुले बजारमा तिर्नुपर्ने रकमको चेक दिनुपर्ने पार्टीलाई थाहै नदिएर बुझ्ने गरेको खुलासा भएको छ । बजारमा तिर्नुपर्ने रकमको चेक लेखापालबाट आफुले दिईदिने भन्दै बुझ्ने र त्यो रकम आफ्नो ब्यापार ब्यवसायमा लगानी गरेर तिर्नुपर्नेलाई झुलाउने गरेको खुलासा भएको हो ।

२०७१ सालको एक लाख ८० हजार र त्यसपछिको महोत्सवमा टेन्ट बाफतको ४२ हजार गरी दुईलाख २२ हजार रकम कैलाली उद्योग वाणिज्य संघका बर्तमान महासचिव रुपेश स्वारले बुझेर लगेको र आफुलाई अहिले सम्म नदिएको भन्दै रुक्मणी टेन्ट हाउसका सञ्चालक सुरेश शाहले मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी समेत दिनुभएको छ ।

शाहले २०७१ सालमा अहिलेका अध्यक्ष शंकर बोगटी कोषाध्यक्ष रहेका बेला आफुले १ लाख ८० हजार रकम नपाएको र त्यसपछि उहाँ अध्यक्ष भएकै पालामा पनि आफ्नो ४२ हजार रकम कैलाली उद्योग वाणिज्य संघबाट लिनुपर्ने बक्यौता रहेको बताउनुभयो । त्यो रकम वर्तमान महासचिव स्वारले गएको बैशाखमै निकालेर लगिसकेको थाहा पाएकाले सो रकम असुल गरिदिन मागगर्दै शाहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिनुभएको हो ।

यसबारेमा प्रतिक्रिया बुझ्न खोज्दा महासचिव स्वारको टेलीफोन स्वीच अफ गरिएको छ भने उक्त रकमको सुरेश शाहको नामको चेक स्वारले लगेको उद्योग वाणिज्य संघको लेखा शाखाले जनाएको छ ।

यस्तै यसपालीको महोत्सवमा पनि ९ वटा स्वागत द्वार बनाए वाफतको ६३ हजार र टेन्टको ३० हजार टेन्डर धरौटी रकमको गरी, रुक्मणी टेन्ट हाउसको नाममा काटिएको ९३ हजारको चेक पनि बर्तमान कोषाध्यक्ष पुष्प कुवरले बुझेको भन्दै सञ्चालक शाहले जिप्रकामा उजुरी हाल्नु भएको छ ।

आफ्नो रकम पटक पटक माग्न जाँदा दुबैजनाले उल्टै दुब्र्यबहार र हातपात गरेको पनि उजुरीमा उल्लेख छ । कैलाली उद्योग वाणिज्य संघका वर्तमान कोषाध्यक्ष पुष्प कुवरले पनि उक्त रकमको चेक शाहबाट रकम लिनुपर्ने भएकाले आफुले बुझेको स्वीकार गर्नुभएको छ ।

गतवर्षको महोत्सवमा आफुले शाहलाई एक लाख ५० हजार बराबरको बास विक्रि गरेको र त्यसवाफतको रकम लिनुपर्ने भएकाले आफुले ९३ हजारको चेक भने उद्योग वाणिज्य संघबाट सिधै लिएको कुवरले स्वीकार गर्नुभयो । शाहले भने आफुले बाँसको ४३ हजार रकम तिर्नुपर्ने, त्यो रकममा पनि पुष्प कुवरको होटल फ्लोराको उद्घाटनका दिन टेन्ट र लाईटको काम गरेकाले त्यो रकम कट्टा भईसकेको दाबी गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved