This is a test

बच्चालाई सिताङ्ग बाट जोगाउने मेसिन प्रयोग विहीन

0

मेलविसौना स्वास्थ्य चौकीमा प्रयोगविहिन अवस्थामा रहेको बेवि वार्रमर मेसीन
फोटो : जगदीश रोकाया

जगदीश रोकाया, बझाङ माघ २५ गते ।
जन्मेका बच्चालाई सिताङ्ग बाट जोगाउन बझाङको मेलविसौना स्वास्थ्य चौकीमा ल्याएको बेवि वारर्मर अर्थात बच्चालाई सिताङ्ग बाट जोगाउने मेसिन प्रयोग विहीन अवस्थामा छ । स्वास्थ्य चौकीको मेसिन प्रयोग विहीन भए पछी चौकीमा सिताङ्ग भएर जन्मीने बच्चाहरुको उपचारमा समस्या देखीएको छ । गत बर्ष देखी स्वास्थ्य चौकीमा विद्युत नहुदाँ मेसन उपयोगमा नआएको हो । तल्कोट लद्यु जलविद्युत योजना बाट विद्युत ल्याएर स्वास्थ्य चौकीको बेवि वार्रमर मेसीन संचालन गरीएको थियो ।

गत बर्ष तल्कोट क्षेत्रमा जडीबुटी पहुँच मार्ग ग्रामिण सडक काट्ने काम सुरु भए पछी स्वास्थ्य चौकी सम्मका विद्युतका तारहरु सबै सडकले क्षती पुर्याए पछि समस्या आएको हो । स्वास्थ्य चौकीमा आउने विद्युत लाईन सबै सडकले भत्काए पछि यसलाई मर्मत गर्न स्थानीय सडक निर्माण समिती लगायत अन्य सरोकारवालले चाँसो नदीएको स्थानिय हेमराज धमेनाले बताउनुभयो । मेसीनको उपयोग नभए पछि सिताङ्ग भएर जन्मने बच्चाहरु लाई जोगाउनका लागी समस्या हुने गरेको मेलविसौना स्वास्थ्य चौकीका अहेब जनक विष्टले बताउनुभयो ।

विद्युत सेवा अबरुद्ध भए पछी बेवि वार्रमर मेसीन संगै स्वास्थ्य चौकीमा संचालन भएको ल्याब सेवा समेत अबरुद्ध भएको अहेब विष्टले बताउनुभयो । सिताङ्ग भएका बच्चालाई जोगाउने मेसिन उपयोग नहुँदा समस्या भएकाले स्वास्थ्य चौकीमा बैकल्पीक विद्युतका लागी गाँउपालीकाले पहल गर्ने योजना बनाएको तल्कोट गाँउपालीकाका प्रमुख लाल बहादुर विष्टले बताउनुभयो । २ बर्ष अघि तत्कालीन मेलविसौना गाविस, स्वास्थ्य चौकी र जिल्ला अस्पतालको सहयोगमा मेसिन खरीद गरीएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved