This is a test

बँदेलको आक्रमणमा परी पाँचजना घाइते

0

कञ्चनपुर, असोज ४ गते ।

जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताउनुभयो । घाइत पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved