This is a test

फोहोरमैला व्यवस्थापनका लागी अझै जग्गा खोज्न सकेनन् नगरपालीकाले

0

नवराज पनेरु, धनगढी फागुन ११ गते ।
क्षेत्रीय सहरी विकास आयोजना लागु भएको ६ महिना सम्म पनि कैलाली र कञ्चनपुरका चार वटा नगरले फोहोरमैला व्यवस्थापनका लागी जग्गा समेत खोज्न सकेका छैनन् । झण्डै साढे ११ अर्वको क्षेत्रीय सहरी विकास आयोजना लागु भएको धनगढी उप–महानगरपालीका, गोदावरी नगरपालीका तथा कञ्चनपुरको शुक्लाफाटा र भिमदत्त नगरपालीकाहरुले अहिले सम्म फोहोरमैला व्यवस्थापनका लागी जग्गा प्राप्ती गर्न सकेका छैन्न ।

कात्तिकमै सम्पुर्ण आन्तरीक तयारी सक्न आयोजनाले सम्वन्धीत नगरलाई आग्रह गरेपनि अहिले सम्म आन्तरीक तयारी सकिएको छैन् । चार वटा नगर मध्ये सावीकको झलारी पिपलाडी अर्थात अहिलेको शुक्लाफाटा नगरपालीकाले जग्गा प्राप्तीको प्रक्रिया सबैभन्दा छरीतो गरेको छ । नगरपालीकाको वडा नम्वर ११ को कृष्ण सामुदायीक बनलाई ७ विगाह जग्गा फोहरमैला व्यवस्थापनका लागी मागीसकेको छ तर मन्त्री परिषदको निर्णयबाटै नगरपालीकाको नाममा जग्गा दर्ता गर्न भने बाँकी रहेको नगरपालीकाका मेयर दिल वहादुर ऐरले बताउनुभयो ।

धनगढी उप–महानगरपालीकाले पनि फोहोरमैला व्यवस्थापनका लागी खरीद गर्न प्रक्रिया अगाडी बढाएको छ । वडा नम्वर २ सरस्वती नगर कटानमा ३५ विगाह जग्गा खोज्दै जिल्ला प्रशासन कार्यालय कैलालीले अधिग्रहणका लागी ३५ दिने सुचना जारी गरीसकेको छ । जग्गाधनीहरुलाई जग्गाधनी प्रमाणपत्र लगायतका कागजातहरु फागुन २० गते भित्रै उप–महानगरपालीकामा बुझाउन आग्रह गरीएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतमलाई जग्गा खरीदका लागी प्रारम्भीक अधिकारी तोकीएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआव्जा निर्धारण समितीले मुआव्जा निर्धारण गर्ने छ । यो प्रक्रिया पुरा गर्न समय लामो लाग्ने उप–महानगरपालीकाका प्रशासीकय अधिकृत सुरेन्द्र कार्कीले बताउनुभयो । गोदावरी नगरपालीकाले पनि फोहर व्यवस्थापनका लागी चाहीने १३ विगाह जग्गा खोज्न सकेको छैन् ।

तर वडा नम्वर ३ मा पर्ने चौकीडाँडा सामुदायीक बनले आफ्नो साधारण सभाबाट जग्गा दिने निर्णय गरेको छ । तर सामुदायीक बनले लिखीत निर्णय नपठाएको भन्दै गोदवारी नगरपालीकाले जग्गा प्राप्तीको लागी कुनै पनि प्रक्रिया अगाडी नै बढाएको छैन् । गोदावरी नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले वनले लिखीत निर्णय नपठाएकाले जग्गा प्राप्तीका लागी ढिलाई भएको बताउनुभयो ।

तर फोहरमैला व्यवस्थापनका लागी जग्गा प्राप्ती गर्न कञ्चनपुरको भिमदत्त नगरपालीकाले तयारी सुरु गरेको छैन् । नगरपालीकाले वडा नम्वर ८ मा हेरेपनि वरपरका स्थानीयले उक्त क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र बनाउन नदिने भन्दै पटक–पटक विरोध गर्दै आएका छन् । त्यसपछि भिमदत्त नगरपालीकाले नयाँ स्थानको पहिचान गर्न सकेको छैन । परामर्शदाता कम्पनी नै सम्पर्कमा नआएका कारण जग्गा प्राप्तीको प्रक्रिया अगाडी नबढेको भिमदत्त नगरपालीकाका मेयर सुरेन्द्र विष्टले बताउनुभयो ।

परामर्शदाता कम्पनी विल्डीङ डिजायन अथुरेटी (विडीए) ले भने आयोजना कार्यान्वयन भईरहेकै क्षेत्रमा कर्मचारी खटाएको जनाएको छ । नगरपालीकाहरुलाई आन्तरीक तयारी सक्न पटक–पटक आग्रह गरेपनि ढिलाई गरेका कारण अर्वाैको योजना पछाडी धकेलीने सम्भावना बढ्र्दै गएको परामर्शदाता कम्पनीका निर्देशक अनिल नेपालले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved