This is a test

फोर्स मोटर्सका चार नयाँ व्रान्ड धनगढीमा

0

सिताराम ओझा, धनगढी माघ ११ गते ।

फोर्स मोटर्सका चार नयाँ व्रान्डका गाडीहरु प्रदेश नम्वर ७ को वजार आएका छन्। जर्मनी प्रविधिको मर्सिर्टिज वेन्चको ईन्जिज भएको फोर्स मोटर्सका चार व्रान्डहरुको धनगढीमा लन्चिङ गरिएको हो । धनगढी उपमहानगरपालिका मेयर नृप ओडले नयाँ व्रान्डका गाडीको एक समारोहका बिच उद्घाटन गनुभयो ।

प्रदेश नम्वर ७ का लागि फोर्स मोटर्सको आधिकारीक डिलर असिम सिंह ईन्टरप्राईज मार्फत ट्राभल्लर एसी वस, स्कुल वस, ट्राभल्सर रोयल र ट्रयाक्स डिलक्स व्रान्डका गाडीहरु यस क्षेत्रको वजारमा विक्री वितरणका लागि खुल्ला गरिएको चेयरम्यान धर्मेन्द्र सिंहले जानकारी दिनुभयो ।

नयाँ व्राण्ड लन्चिङ कार्यक्रममा फोर्स मोटर्स भारतका मार्केटिङ म्यानेजर सुनिल संख, नेपालका लागि आधिकारीक डिलर सिद्धार्थ विश्वज्योती मल्टी प्रपोजका अध्यक्ष दिनेशमान अमात्य, सोही कम्पनीका प्रवन्ध निर्देशक प्रवीन भारी लगायत सहभागी थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved