This is a test

फोटोग्राफीकै माध्यमबाट सुन्दर सुदूरपश्चिम : सुन्दर सुदूरपश्चिमका अभियन्ता हमाल

0

धनगढी, पुस २२ गते ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले फोटोग्राफीका माध्यमबाट नै सुदूरपश्चिम लाई सुन्दर र सम्भावनाको सुदूरपश्चिम बनाएको बताउनु भएको छ । नेपाल फोटोग्राफर्स एशोसिएशन कैलालीको पाँचौ जिल्ला अधिवेशनको शनिवार धनगढीमा उद्घाटन गर्दै उहाँले फोटोग्रापीकै माध्यमले छाउपडि र देउकीको क्षेत्रलाई सुन्दर र सम्भावना बोकेको क्षेत्र बनाउन सफल भएको बताउनुभयो ।

उहाँले धेरै शब्दको सन्देश एउटै फोटोले दिने भएकाले सुदूरपश्चिम चिनाउन र सुदूरपश्चिमको पर्यटन प्रबर्धनमा फोटोग्राफरहरुको महत्वपुर्ण भुमीका हुने बताउनुभयो । उहाँले परम्परागत फोटोग्राफी भन्दा पनि अब आधुनिक र समय सापेक्ष फोटोग्राफी गर्न सुझाव दिदै हरेक वर्ष हुने साधारण सभामा फोटो प्रदर्शनी सहितको प्रतियोगिता गर्न सुझाव दिनुभयो ।

पहिलो वर्षको उत्कृष्ठ फोटो भएको फोटोग्राफरका लागि ५१ हजार रकम आफुले सहयोग गर्ने बताउदै उहाँले प्रतियोगिताबाट मात्रै प्रतिभाहरुको प्रष्फुटन हुने बताउनुभयो । अधिवेशनमा २५ वर्षदेखि फोटोग्राफी गरिरहेका पाँच जना फोटोग्राफर जोडीलाई सम्मानित गरिएको थियो ।

धनगढीका गिरिराज खतिवडा, चौमालाका विरेन्द्र सापकोटा, फुलबारीका रामप्रसाद शर्मा, लम्कीका केदार भण्डारी र अत्तरियाका राजेन्द्र बहादुर कुवर श्रीमान श्रीमतीको जोडिलाई नै दोसल्ला सहित प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरिएको थियो ।

एशोसिएशनका जिल्ला अध्यक्ष बसन्तलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरे विशिष्ट अथिति रहनु भएको थियो भने सल्लाहकार बीरबहादुर महराले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved