This is a test

फाईनल प्रवेशका लागी सुदुरपश्चिम ११ र विभागीय टीम एपीएफ भिड्दै

0

धनगढी, पुस ३० गते ।

धनगढीमा भईरहेको सुदुरपश्चिम खप्तड गोल्डकप अन्तरगत आज फाईनल प्रवेशका लागी घरेलु टोली सुदुरपश्चिम ११ र विभागीय टीम एपीएफ भिड्दै छन । खेल धनगढी रंगशालामा २ बजे पछि हुनेछ ।

यि दुई मध्येको विजेताले उपाधीका लागी अर्को विभागीय टिम नेपाल अर्मी संग प्रतीस्पर्धा गर्नेछ । सावीक विजेता मनाङ मस्याग्दीलाई पराजीत गर्दै विभागीय टोली नेपाल आर्मी सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनल पुगसकेको छ ।

धनगढी रंगशालमा शनिवार भएको पहिलो सेमीफाईनलको खेलमा मनाङ मस्र्याग्दीलाई ३–१ ले पराजित गर्दै आर्मी उपधाी नजिक पुगेको हो । फाईनल खेल भोली हुने छ । सर्वाधीक धनराशाीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved