This is a test

सुप खप्तड गोल्ड कप : फाईनल प्रवेशका लागी मनाङ र आर्मी भिड्दै

0

धनगढी, पुस २९ गते ।

धनगढीमा भईरहेको सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्गत आज बाट सेमीफाईनलका खेलहरु हुदैछन । शुक्रवार रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै साविक विजेता मनाङ सेमिफाईनल प्रवेश भएसंगै सुदुरपश्चिम खप्तड गोल्डकपमा सेमिफाईनल समिकरण पुरा भएको छ ।

आज हुने पहिलो सेमिफाईनल अन्र्तगत मनाङ र आर्मी भिड्दै छन । धनगढी रंगशालामा दिउँसो २ बजे पछि खेल हुनेछ । शुक्रवार भएको अन्तिम क्वाटर फाईनलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तीम चारमा पुगेको हो । प्रतीयोगीता अन्तर्गत दोस्रो सेमफिाईनल आइतवार सुदुरपश्चिम ११ र एपीएफ विच हुनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved