प्रेमगित २ को कभर गित प्रतियोगितामा सहभागीताका लागी आह्वान

0

धनगढी, ०१ जेठ ।

नेपाली चलचित्र प्रेमगित–२ को शिर्ष गितको कभर संङ प्रतियोगितामा सहभागीताका लागी निर्माण पक्षले सुदुरपश्चिमबासीलाई अनुरोध गरेको छ । सन्तोष सेन निर्माता रहेको चलचित्र निर्माण यूनिटले धनगढीमा आईतवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

गत बैशाख १८ गते काठमाडौंबाट सुरु भएको प्रतियोगिताका बारेमा जानकारी दिन आफूहरु धनगढी आएको चलचित्रका निर्माता सेनले बताउनुभयो । आगामी असार २० गतेसमम्म प्रतियोगितामा प्रतियोगीले विश्वभरबाट सहभागीता जनाउन सक्ने र गित गाउदा जुनसुकै बाध्यबादनका सामग्री, अथवा उक्तगितको हाइलाइट्स नेपालमा रहेको ट्रयाकमा गाएर पठाउन वा यूट्यूवमा राखेर इमेलमार्फत पठाउन सकिने उहाँले बताउनुभयो । चलचित्र प्रेमगित–२ को ‘कहानी यो प्रेमगितको’ बोलको गित प्रतिस्पर्धीले गाएर पठाउन पर्नेछ ।

प्रतियोगिबाट प्राप्त भिडियोको यूट्यूव च्यानलमा हेरिएको तथ्याङका आधारमा उत्कृष्ट १० र निर्णायकको निर्णयबाट ५ जना गरि १५ जनाको अन्तिम चरणको लागी छनोट गरिने चलचित्र निर्माण पक्षले जनाएको छ । छनोट भएका १५ प्रतियोगिको अन्तिम प्रतिस्पर्धा आगामी भदौ १ गते काठमाडौंमा हुनेछ ।

प्रतियोगिताबाट एक जना पुरुष र एक जना महिला प्रतिष्पर्धीलाई जनही एक लाख नगद पुरस्कार सहित बिदेश भ्रमण, आसुसेनले निर्माण गर्ने अर्को चलचित्रमा गाउने अवसरसंगै अरु पुरस्कार पनि प्रदान गरिने जनाईएको छ । आगामी श्रावण १३ गते रिलिज हुने तयारीमा रहेको चलचित्रमा प्रदिप खड्का, अलिसा ठकुरी, उर्मिला गुरुङ लगाएतका कलाकारहरु रहेका छन ।

Share.

Leave A Reply