प्राथमिक उपचारका बारेमा कुनैपनि जानकारी चाहिएमा अब मोबाइल एप्सबाटै जानकारी लिन सकिने

0

दीपक जोशी, धनगढी २० साउन ।

प्राथमिक उपचारका बारेमा कुनैपनि जानकारी चाहिएमा अब मोबाइल एप्सबाटै जानकारी लिन सकिने भएको छ । नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार सम्बन्धि जानकारी दिनका लागि प्राथमिक उपचार मोवाइल एप्लिकेशन सार्वजनिक गरेको हो । घर–घरमा प्राथमिक उपचार भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पु¥याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले संचालनमा ल्याएको यो एप्लिकेशनलाई बिभिन्न रोग, प्राकृतिक प्रकोपको तयारी, आपातकालिन प्राथमिक उपचार, बिपदको तयारी र बिदेशमा अलपत्र परेमा अपनाउन सकिने उपायका बारेमा जानकारी दिने गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ ।

जसमा मानव स्वास्थ्यमा कुनै समस्या आईहालेमा तुरुन्तै गर्न सकिने प्राथमिक उपचारको बिधिलाई बुदागत रुपमा उल्लेख गरिएको नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक बसन्त श्रेष्ठले बताउनुभयो । बुधवार कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राथमिक उपचार मोवाइल एप्लिकेशनको सुभारम्भ गरिएको हो । यो एप्स आकस्मिक अवस्थामा जीवन बचाउन तथा प्राथमिक उपचार सीपका लागि अत्यन्त उपयोगी हुने दावी गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved