This is a test

प्रविधिमय बन्दै चुनावी प्रचार प्रसार अभियान

0

सितारमा ओझा, धनगढी कात्तिक २९ गते ।

प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जाल पनि चुनावी सामाग्रीले रंगिएका छन । राजनीतिक दल, तिनका भातृ संगठन, कार्यकर्ता, उम्मेदवार र उम्मेदवारका आफन्त, शुभचिन्तक सामाजिक सञ्जाल मार्फत चुनावमा होमिएका छन् ।

मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेसशभाको चुनावमा उम्मेदवार र उनका आफन्त समर्थकले गर्दा फेसबुक, ट्वीटर, युट्युव, भाइबर, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा चुनावको व्यापक प्रचार प्रसार भएको छ । कैलाली कञ्चनपुरका उम्मेदवारहरुले पार्टी र उम्मेदवार जिताउ अभियान सञ्चालन गरेका छन ।

कैलाली क्षेत्र नम्वर ५ की काग्रेंसकी उम्मेदवार आरजु राणा जिताउ अभियान, रमेश लेखक जिताउ अभियान, रमेश धामी जिताउ अभियान, लेखराज भट्ट जिताउ अभियान दिनेश भण्डारी जिताउ अभियान जस्ता धेरै अभियानहरु अहिले सामाजिक सञ्जालमा छरिएका छन ।

उम्मेदवारहरुलाई जिताउने एप्स र उनीहरुको प्रोफाईल वनाउने लहर पनि चलेको छ । समाजिक सञ्जालमा प्राय सबै जोडीने भएकाले प्रचार प्रसार प्रभावकारी हुने क्षेत्र नम्वर ५ मा काग्रेंस उम्मेदवार आरजु राणाले बताउनुभयो ।

केही समय अघिसम्म परम्परागत शैलीमा चुनावी प्रचार प्रसार गरेता पनि पछिल्लो समय सामाजिक सञ्जाल केन्द्रित प्रचार प्रसार व्यापक भएको छ । चुनावलाई लक्षित गर्दै उम्मेदवारहरुले धमाधम फेसबुक पेजहरु खोल्न र लाइक बढाउन थालेका छन् ।

राजनीतिक दलहरुले पनि चुनाव लक्षित गर्दै आफ्नो फेसबुक पेजमा चुनावी गीत, भिडियो, घोषणापत्र लगायत प्रचार प्रसारका सामाग्री राख्न थालेका छन् । परम्परागत चुनावी प्रचार भन्दा पनि सुचना प्रविधिले अझ प्रभावकारी हुने विवेकसिल साझा पार्टीका क्षेत्र ५ ख का उम्मेदवार प्रकाश भट्ट बताउनुहुन्छ ।

अघिल्ला वर्षहरुको चुनावमा उम्मेदवार राजनीतिक दलहरूले घोषणापत्र छापेर, पर्चा पम्प्लेट टाँसेर भोट माग्थे । तर यसपाली घोषणापत्र सार्वजनिक हुनुभन्दा पहिला नै आफ्नो चुनावी धारणा, योजना सामाजिक सञ्जालमार्फत व्यक्त गरेर भोट मागेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved