This is a test

प्रवासी युवाहरुको सिप र पुँजीलाई परिचालन गर्ने प्रतिवद्धता

0

धनगढी, २३ असोज ।

प्रवासी युवाहरुको सिप र पुँजीलाई संकलित गरि सुदूरपश्चिममा अल्पकालिन र दिर्घकालिन योजनामा परिचालन गर्ने निर्णय गर्दै अन्तराष्टिय नेपाली सुदुरपश्चिमेली समाजको दुई दिने सम्मेलन तथा अधिवेसन सकिएको छ । सम्मेलनले सुदुरपश्चिमको सर्वागिण बिकासका लागि प्रवासी युवाहरुको सिप र पुजीलाई संकलित गरि अल्पकालिन र दिर्घकालिन योजना बनाउने निर्णय गरेको छ । यसका लागि सरकारी निकाय, गैर सरकारी संघसंस्था र स्थानीय तहहरुसँग सहकार्य गरिने बताईएको छ । यस्तै रोजगारीका लागि बिदेश जाने युवाहरुलाई लक्षित गर्दै समाजले जनचेतना र बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न सिप मुलक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने पनि निर्णय गरेको छ । कला संस्कृतीमा धनी सुदुरपश्चिमको भाषा, कला संस्कृति संरक्षण र संवद्र्धनका साथै यस क्षेत्रको पर्या पर्याटनमा जोड दिन आन्तरिक र बाह्य पर्यटक सुदुरपश्चिममा भित्राउन पहल गरिने पनि समाजले निर्णय गरेको समाजका सचिव रमेश भट्टराईले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्य समितिले, आगामी ६ महिना भित्रै सुदुरपश्चिमका नौ वटै जिल्लामा बृहत स्वास्थ्य शिविर संचालन गर्ने र शैक्षिक विकासका लागि शैक्षिक कोष स्थापना गर्ने पनि निर्णय गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved