This is a test

प्रभावकारी डायलासीस सेवा नपाउँदा विरामीहरु ज्यान गुमाउन बाध्य

0

नवराज पनेरु, धनगढी मंसिर २७

प्रदेश नम्वर ७ मा प्रभावकारी डायलासीस सेवा नपाउँदा विरामीहरु ज्यान गुमाउन बाध्य भएका छन् । प्रदेश नम्वर ७ मा सेती अञ्चल अस्पतालमा मात्रै डायलासीस सेवा रहेकोमा उक्त सेवा पनि बेलाबेला बन्द हुने गरेकाले  विरामीहरु समयमा सेवा नपाएर मर्न थालेका हुन । चाईनीज कम्पनीका मेसीनहरु बेला–बेला विग्रीने समस्याले अञ्चल अस्पतालमा डायलासीस गराईरहेका विरामीहरु संकटमा पर्ने गरेका छन् ।

निर्वाचन अघि विग्रेका मेसीनहरु बनाएको महिना दिन नपुग्दै फेरी अस्पतालमा रहेका चार मध्ये २ वटा मेसीनहरु विग्रीएर थन्किएका छन । जस्ले गर्दा साप्ताहीक रुपमा डायलासीस गराईरहेका १२ जना विरामीहरु मर्कामा परेका छन् । मेसीन मर्मतका लागी भोली चाइनीज कम्पनीबाटै ईन्जीनियर आईरहेको सेती अञ्चल अस्पतालले जनाएको छ । मृगौला विरामीको चाप बढिरहेका बेला सेती अञ्चल अस्पतालको अस्तव्यस्त डायलासीस सेवाले झनै समस्या पारीरहेको हो ।

यस्तै सेती अञ्चल अस्पतालमा विगत ३ महिनादेखी डायलासीस गराई रहनुभएका धनगढी ४ को बोराडाँडीका बासुदेव भट्टको मृत्यु भएको छ । दुबै मृगौला फेल भएका ४८ बर्षीय भट्टले तिन महिनादेखी सेती अञ्चल अस्पतालमा डायलासीस गराई रहनुभएको थियो । बेला बेला विग्रीरहने मेसिनका कारण बाहिर गएर डायलासिस गराउन आर्थिक अभाव हुनेहरु डायलासिस नगराएरै अस्पतालको मेसिन बन्दा सम्म कुर्ने भएकाले पनि विरामीहरुको ज्यान जान थालेको हो । मेसिन अनुसार पालो लगाईएका मुटुका विरामीहरु एउटा मेसिन विग्रेपछि नियमीत डायलासि गराउन पाउदैनन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved