This is a test

प्रधानमन्त्री देउवाको उद्घोष– सहमति गरेर प्रधानमन्त्री दिए पद छोड्न तयार छु

0

सीताराम ओझा, धनगढी पुस ३० गते ।

प्रधानमन्त्री शेरवहादुर देउवाले वाम गठवन्धनले प्रधानमन्त्रीको टुंगो लगाएमा आफु पद छोड्न तयार रहेको उद्घोष गर्नुभएको छ । कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफुले देशलाई नेतृत्व विहीन वनाउन नचाहेको वताउनुभयो ।

उहाले वाम गठवन्धनले प्रधानमन्त्रीको चयन गर्न नसक्ने र आफुलाई पद नछोडेको आरोप लगाउनु गलत भएको वताउनुभयो । आफुले प्रधामन्त्री वनिरहन्छु भनेर नभनेको उहाले जिकिर गर्नुभयो । सवै दलहरुको सहमतिमा प्रदेश सभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने उहाले बताउनुभयो । उहाले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेश सभाका लागि तोक्ने र त्यसपछि प्रदेश सभाको वैठकले राजधानी फेरवदल गर्ने बताउनुभयो ।

त्यसका लागि सवैभन्दा वढी समस्या प्रदेश नम्वर ७ मा भईरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ती र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने दावी गर्नुभयो । तीन दिनदेखि धनगढी र महेन्द्रनगरमा रहनुभएका प्रधानमन्त्री देउवा आईतवार काठमाण्डौ फर्किनुभएको छ । शुक्रवार महेन्द्रनगर पुग्नुभएका उँहा शनिवार सुप विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुनुभएको थियो ।

आईतवार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ मा रहेको धार्मिक स्थल गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै देउवा काठमाण्डौ फर्किनुभएको छ । मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पनि गोदावरीसँग सम्वन्ध जोडिएकोले यसको विकासका लागि सक्दो सहयोग गर्ने वताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved